ह्याण्डबल उपाधी रिलायन्स लाई

असोज २० / राजधानीमा जारी दोस्रो अन्तरविद्यालय स्तरीय उपत्यकाव्यापी ह्याण्डबल प्रतियोगीताको उपाधी काठमाण्डौं को रिलायन्स ईन्टरनेशनल एकेडेमी कपन ले हात पारेको छ । काठमाण्डौं जिल्ला ह्याण्डबल संघको आयोजनामा कपन को ह्याण्डबल मैदानमा भएको उक्त प्रतियोगीतामा रिलायन्स एकेडेमीले ललितपुरको आईडियल मोडल स्कुललाई १५–१२ को गोल अन्तरले पराजित गरेको छ , रिलायन्स लाई बिजयी बनाउनका आमोस श्रेष्ठ एक्लै ले ८ गोल गरेका थिय । त्यसैगरी तेस्रो स्थानको लागी भएको प्रतिस्पर्धामा कपनको जुगल मा.वि. ले बौद्धको चिल्ड्रेन ह्याभनलाई ४–९ ले पराजित गरेको थियो ।

रिलायन्स ईन्टरनेशनल एकेडेमी का खेलडी हरु सामुहिक तस्विर खिचाउदै

प्रतियोगीतामा विजयी खेलाडी तथा टिमहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सहायक प्रबन्धक असोक रिमाल नेपाली काँग्रेसका क्षेत्रिय उपसभापती केसब ढकाल मध्यमाञ्चल क्षेत्रिय खेलकुद समितिका सदस्य भरत अधिकारी नेपाल ह्याण्डबल संघका पदाधिकारी काठमाण्डौं जिल्ला ह्याण्डबल संघका अध्यक्ष खेमलाल भुषाल उपाध्यक्षहरु डोर प्रसाद आचार्य, शम्भु भट्टराई ने.क.पा एमाले गाँउ पार्टी कमिटिका सचिव नवराज भट्टराई आदि ले पुरस्कारत वितरण गरेका थिय कार्यक्रमको अन्त्यमा काठमाण्डौं जिल्ला ह्याण्डबल संघका सचिव एवं प्रतियोगीता संयोजक दामोदर भट्टराई(बदि.) ले धन्यवाद व्यक्त गर्दे सहयोगी सबैप्रति हार्दिक अभार समेत व्यक्त गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।