राष्ट्रिय सहमति गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइने
कपन अनलाइन, जनकपुरधाम, ७ मङ्सिर ।
नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताउनुभयो ।
उहाँले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । “राष्ट्रका समस्याको टुङ्गो लगाई यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्छ”,उहाँले भन्नुभयो । रासस
तपाइँको प्रतिक्रिया ।