क्षेत्र नं ५ को नयाँ सांस्कृतिक संघ र यो भेकको नेका राजनीति

कपन अनलाइन, कात्तिक २८, २०७३/दृष्टिकोण/बिजेन्द्र पुडासैनी

bijendra

पछिल्ला समय क्षेत्र नं ५ र ४ तिरको नेका राजनीति सिमित व्यक्तिको हालिमुहालीग्रस्त छ ।  हालै नेपाली कांग्रेस क्षेत्र् नं ५ को नेपाल साँस्कृतिक संघ काठमाडौं जिल्ला क्षेत्र न ५ क्षेत्रिय् समिति पुनर्गठन भएको छ । करिब आधा दशकदेखि गठन हुन नसकेको समिती अहिले पूर्ण भएको छ । काठमाडौँ क्षेत्र् न ४ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति नेपाल साँस्कृतिक संघ केन्द्रिय का.वा. सभापति रहेका  राजु श्रेष्ठको प्रमुख अतिथ्यता एवम् नेपाली कांग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति रमेश खड्काको सभापतित्वमा नेपाल साँस्कृतिक संघ केन्द्रिय प्रतिनिधी संयोजक मनोज कुमार के.सी. र जिल्ला सभापति सविता मर्हजन लगायतको उपस्थिथि मा कार्यक्रम सम्पन्न भएको थियो | यो समिति गठनसँगै केही असन्तुष्टी तथा असहमति सतहमा प्रश्न बनेर उभिएको छ ।

नेपाल सांस्कृतिक संघ काठमाडौँ क्षेत्र नं ५ को  नयाँ  कार्यसमितिमा  सभापतिमा हरिभक्त श्रेष्ठ – टोखा,  सचिव उमेश नगरकोटी –बुढानिलकण्ठ,  सहसचिव सुजित श्रेष्ठ – धापासी,  कोषाध्यक्षमा  देवी जोशी -टोखा, सदस्यहरूमा कोपिला मर्हजन –खडका भद्रकाली, आईते मर्हजन –खडका भद्रकाली,  रबिन्द्र श्रेष्ठ –टोखा, दशराज कर्माचार्य –टोखा, प्रमोद श्रेष्ठ – धापासी, मोहनकृष्ण मर्हजन – नगर वडा, रोहन प्रजापति रहेका छन्  | सतही रुपमा हेर्दा समेत नेपाली कांग्रेश को क्षेत्रिय राजनीति कुन दिशा तर्फ लम्किरहेको छ त्यो वर्तमानले देखाई रहेको छ | नेपाल साँस्कृतिक संघ काठमाडौं जिल्ला क्षेत्र नं ५ को क्षेत्रीय समिति पुर्नगठन भएको हो या नेवार (जनजाती )नेपाल साँस्कृतिक संघ काठमाडौं जिल्ला क्षेत्र नं ५ को क्षेत्रिय समिति पुर्नगठन भएको हो छुटाउन नै मुस्किल छ |संस्कृति जगेर्णा गर्ने अभिभारालाई लाग्छ नेवार समुदाय लाई नै जिम्मेवारी प्रदान गरिएको जस्तो देखियो ।  समावेशीकरण अनि जनजाती कोटा को कुरा सधै किन ? क्षेत्र् न ५ को यस कमिटी पुनर्गठन गर्ने सूचना सायद सबै वडामा पुगेको थियो होला साययद जनजाती नभएका कारण धेरै ले पत्तो पाएनन् पनि होला ।

यो नेपाली कांग्रेस को परापुर्वकालदेखि चलिआएको चलन जस्तै जस्तै हो | यो मुद्धा संस्कृतिक संघ पुनर्गठन मात्र हैन कि त्यो भन्दा अगाडी गठन भएका बुढानिलकण्ठ नगर अधिबेशनबाट चयन भएका कार्य समितीले पूर्णता पायो पाएन् त्यो नि अनबिज्ञ नै क्षेत्रिय् अधिबेशन सम्पन्न भएको नि लामो समय बितिसक्दा कार्य समिती को पूर्णता एबं बिभिन्न उपसमिती निर्माण गठन को प्रक्रिया बारे सम्बन्धित जानिफकारहरू जानकारी पाए उचित हुनी थियो कि ?

त्यसैगरी विशेषता राजनीतिक निक्युक्ति बाट संचालन हुने बुढानिलकण्ठ क्षेत्र् बिकास समिती जस्ता संस्था मा समेत कार्यसमिती चयन गर्न नसक्नु को कारण समेत जानिफकार बर्ग बाट पाए उचित हुने बिश्वास लिएको छु । आफुलाई कांग्रेसका हिमायती मान्ने हरु किन यस्ता सामाजिक र पार्टीलाई राम्रो कार्य गरेर जनता माझ सहज प्रबेस गर्न सक्ने मैदान लाई उपयोग गर्न चुक्ने गर्छन ? निर्बाचन क्षेत्र् न ४ र ५ रहेको बुढानिलकण्ठ नगरपालिका भित्र यावत स्थान र अवसर हुदा हुदै पनि किन सिमित ब्यक्ति हरुकै निर्णय ले पार्टी को कार्य विवरण संचालन हुने गर्दछ ?

तपाइँको प्रतिक्रिया ।