बौद्ध स्तुपालाई २६ किलो सुन दान गर्ने तिब्बती रिम्पोछे को हुन् ?

बौद्ध स्तुपालाई २६ किलो सुन दान गर्ने  तिब्बती रिम्पोछे को हुन् ?

rimpoxe

कपन अनलाइन, २८ कार्तिक, २०७३

विश्वसम्पदा सूचिमा रहेको प्रशिद्ध बौद्ध गुम्बा जिर्णोद्धारमा २६ किलो सुन दान गरेर ठूलो चर्चामा रहेका तिब्वती रिम्पोछे ताइ सितोपा जिर्णोद्धारपछिको उद्घाटन कार्यक्रममा आउन नपाउने भएका छन् । २०७२ बैशाख १२ को भूकम्पले काठमाडौँको एउटा मुख्य पर्यटन गन्तव्य बौद्ध स्तुपाको गजुर क्षतिग्रस्त भएपछि यसको पुनर्निर्माण गर्ने क्रममा भूराजनीतिक स्वार्थ समेत जोडिएको धार्मिक पर्यटन केन्द्र बौद्ध स्तुपा पुनर्निर्माणमा सहयोग दिनेहरूमा रिम्पोछे ताइ सितोपाको नाम अग्रणी रहेको थियो । उनले स्तुपा पूनर्निर्माणका लागि आवश्यक सुन उपलब्ध गराउने क्रममा सुन्दरीजलमा रहेको जग्गा बेचेको बताइएको छ । बौद्ध स्तुपा निर्माणका लागि आवश्यक ३१ किलो सुनमध्ये २६ किलो सुन सहित कसरिब १ करोड नगदसमेत रिम्पोछेले दान गरेको बताएको छ ।

मंसिर ७ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रममा रिम्पोछे ताइ सितोपा सहभागि हुन सजिलो नहुनुको कारण भारत सरकारले उनलाई सहजरूपमा देश बाहिर र सिक्किम प्रवेशमा रोक लगाउनुको कारण बुझिन आएको छ । दलाई लामापछिका वरिष्ठ तिब्बती बौद्ध धार्मिक नेता कर्मपा लामाका धर्म गुरु हुन् ताइ सितुपा। कर्मपाका मुख्य धर्मगुरु ताइ सितुपा १२ औँ अवतारी रिम्पोछे हुन्। ६ वर्षको उमेरमा तिब्बतबाट भुटान आएका ताइ सितोपा भुटानका राजा रानीका धर्मगुरूसमेत हुन् । सन् १९५४ मा पूर्वी तिब्बतको पाल्युल देगेजोङमा जन्मेका रिम्पोछे ताइ सितोपा अहिले भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशाला नजिकैको शेराबलिङ गुम्बामा बस्छन्। उनको विश्वका धेरै देशमा शाखाहरू रहेको छ भने भारतको दिल्लीमा पनि शाखा रहेको छ । उनी बौद्ध दर्शनका चार सेक्टमध्ये काग्र्यू सेक्टका  सबभन्दा ठूला धर्मगुरु मानिन्छन् । नेपालमा उनको पालपुङ मुनिहासन धर्म संघ नामको धार्मिक संस्था सक्रिय रहेको छ ।

तपाइँको प्रतिक्रिया ।