रोक्काको नेतृत्वमा सुशील कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र बन्यो

कपन अनलाइन, कात्तिक २८, २०७३

tej-rokka

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको नाममा अध्ययन तथा अनुसन्धान गर्ने उद्धेश्यका साथ सुशील कोइराला अध्ययन तथा अनुसान्धान केन्द्र बनेको छ । राजनीति तथा समाजसेवामा सक्रिय तेजबहादुर रोक्काको नेतृत्वमा बनेको केन्द्रले स्व. कोइरालाको अध्ययन तथा अनुसान्धान केन्द्रले केही दिनमा सार्वजनिक कार्यक्रम गर्ने जनाएको छ । केन्द्रका अध्यक्ष रोक्काले स्वर्गीय कोइरालाको पुण्य तिथि पारेर विशेष कार्यक्रमसहित सार्वजनिक हुने तयारीमा रहेको जनाए । राजनीति तथा समाजसेवामा सक्रिय रहेका धेरै महत्वपूर्ण व्यक्तिहरुलाई समेटेर सुशील कोइराला अध्ययन तथा अनुसन्धान केन्द्र बनाएको बताउँदै रोक्काले संस्थाका अन्य पदाधिकारी तथा सदस्यहरु कार्यक्रमको दिनमात्र सार्वजनिक गर्ने बताए ।

तपाइँको प्रतिक्रिया ।