व्यापारीका समस्या समाधान गर्न म प्रतिबद्ध छु – प्रधानमन्त्री दाहाल

कपन अनलाइन, विराटनगर, २६ कात्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगरको विकासका लागि आपूmले अहम् भूमिका खेल्ने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले सुनसरी–मोरङ औद्योगिक कोरिडोरको समस्या समाधान, छ लेनको सडक निर्माण र विमानस्थलको विस्तार र निर्माण कार्यमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

उद्योगी व्यापारीबाट आएको सुझावलाई कार्यसूची बनाएर सरकारले पूरा गर्दै जाने बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाको बारेमा जानकारी लिन आपूm देश भ्रमणमा लागेको जानकारी गराउनुभयो ।

भारतले जुटमा लगाउन लागेको ‘एन्टिडपिङ्ङ’ कर नलगाउन आपूmले भारतका प्रधानमन्त्रीसँग आग्रह गरेको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

मोरङ–सुनसरीमा रहेका उद्योग विकासका लागि सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । रासस

तपाइँको प्रतिक्रिया ।