गुट अन्त्यका लागि एमाले क्षेत्र नं ४ को भोलि ठुलो कार्यक्रम
पुनम गौतम, कपन अनलाइन, २६ कातिक,काठमाडौँ ।
छ महिना जति आगडि क्षेत्रीय अधिवेशन गरेको एमाले काठमाडौँ क्षेत्र नम्बर ४ ले गुट उपगुट छाडेर आफ्नो आन्तरिक राजनीतिक कर्म अघि बढाउने भएको छ । । भोलि शनिवार क्षेत्रका १८ वटा शाखाहरुमा एकै समयमा एकै प्रकारको प्रशिक्षण तथा भेला आयोजना गर्न लागेको नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर ४ का सचिव ध्रुवराज न्यौपानेले कपन अनलाइनलाई बताए ।
क्षेत्रिय निर्वाचन मार्फत शाखा शाखाहरूमा गुट उपगुट भित्र्याएको एमालेले आफ्ना शाखाहरुमा अधिवेशन पश्चात गर्न लागेको यो सबैभन्दा ठुलो कार्यक्रम मानिएको छ । कार्यक्रममा प्रशिक्षकहरुको कसलाई बनाउने भनेर विभिन्न शाखा संयोजक हरुसँग संयुक्तरुपमा र एक्ला एकलै भेटघाटमा एमाले ४ का अध्यक्ष कुसुकुमार कार्की रहेको एमाले सम्बद्ध स्रोतले कपन अनलाइनलाइ बताएको छ ।एमालेको आन्तरिक बखेडा जितको मात
जीतको केहि हप्ता सामाजिक संजालमा आफ्नै व्यक्तिहरुको तेजोबोध गर्नेगरी स्टाटस् लेखेर बदनाम बनेका क्षेत्र नम्बर ४ का नयाँ पधाधिकारीहरु बिपक्षीहरुको कडा टिप्पणी र क्षेत्रीय अध्यक्षको हुंकारसँगै केही मत्थर बनेको थियो । नेपाली उखान ताकपरे तिवारी नत्र गोतामे भनेझै जितको उन्मुक्तता देखाउँदै सरासर मतपरिणाममा हारेको सदस्यलाई तपाइँ निर्वा्चित हुनुभयो भनेर फोन गरी क्षेत्रको पहिलो बैठकमा बोलाए पछि विवादहरु झन् गहिरिएको थियो । यसको परिणाम स्वरूप नेकपा एमाले वडा नं १२ मा अनेमसंघले क्षेत्रिय सदस्यहरुलाई कपनमा बोलाएर दिएको शुभकामनाको कार्यक्रममा हात हालाहाल सम्मको स्थितिमा पुर्यायो ।
एमाले ४ का एक जिमेवार सदस्यले कपन अनलाइनमा आफ्नो नाम नछाप्ने सर्तमा भने, पहिलोपटक क्षेत्रमा त्यो पनि पदाधिकारी आएका केहि साथीहरुले जे गरे पनि हुन्छ र सकिन्छ भन्ने ढङ्गले काम गर्न खोजेपछि अधिवेशनताका सक्रिय गुट झन् सक्रिय बनाएको थियो । अध्यक्षले बुद्धि नपुर्याएको भए एमाले ४ उठ्नै नसक्ने गरी थालिन्थ्यो । अब कुरो बिस्तारै मिल्दै गएका छन् राजनीतिक कार्यक्रम हरु अगाडि बढ्छ ।
एमालेको यो कार्यक्रमले गुटउपगुटलाई कमजोर बनाउँदै आसन्न निर्वाचन उन्मुख राजनीतितिर क्षेत्रलाई प्रभावित बनाउने विश्वास गरिएको छ । धेरैले एमालेको रणनीति क्षेत्र नं. ४ मा १ नम्बर बन्ने दाउमा रहेको आंकलन गरेका छन् ।