तिहारमा नेपालका लागि अमेरिकी राजदूत टेप्लिज रंगोली बनाउँदै, दियो बाल्दै

तिहारमा नेपालका लागि अमेरिकी राजदूत टेप्लिज रंगोली बनाउँदै, दियो बाल्दै

14908289_1120146331355758_1889659312014702651_n

कपन अनलाइन, कात्तिक १४, २०७३

नेपालका लागि अमेरिकी राजदुत अलाइना बि टेप्लिज नेपाली हिन्दूहरूको पर्वहरूमा उत्साहपूर्ण सहभागि भएको पछिल्ला समय नियमित रूपमा देखिन थालेको छ । हिन्दूहरूका सबै पर्वहरूमा नेपालस्थित अमेरिकी दुतावासको फेशबुक पेजमा राजदुत टेप्लिज आफै सक्रिय सहभागि हुन्छिन। दुतावासको आधिकारिक फेशबुक पेजमा दशैँमा राजदुतावासमा काम गर्ने नेपाली कामदारलाई रातो टीका लगाउँदै गरेको फोटो अपलोड भएको थियो भने आज दीपावलीको अवसरमा रंगोली बनाउँदै गरेको तथा दियोमा बत्ती बाल्दै गरेको फोटो अपलोड गरिएको छ । टेप्लिजको नेपाल र नेपाली परम्पराप्रतिको मोहलाई सबैले प्रशंसा गरेका छन् । फोटो: अमेरिकी दुतावास फेशबुक पेज

14883687_1120146318022426_8663349597201141513_o-1 14572407_1120146178022440_5169879016483811530_n 14570476_1120146244689100_1790418239758862190_n

 

तपाइँको प्रतिक्रिया ।