विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

विद्यालयलाई शैक्षिक सामाग्री प्रदान

14569873_1193318830741493_52993615_n

फोटो: कपन अनलाइन डट कम 

कपन अनलाइन ,काठमाडौँ, १६ असोज ।

सुनौलो सपना नामक संस्थाले दोलखा जिल्लामा रहेको श्री आजादी उच्च माध्यामिक विद्यालयमा पढ्ने करिब ३०० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
मेलुङ गाविस वडा नम्बर ४ विरौटामा रहेको विद्यालयमा बैशाख १२ गतेको महाभुकम्पबाट प्रभावित ३०० जना विद्यार्थी छन् । उक्त कार्यक्रममा शैक्षिक सामाग्री वितरण गर्नुका साथै विद्यार्थीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । शैक्षिक सामाग्री कपी, पेन्सिल, इरेजर, क्लिप बोर्ड वितरण गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि गरेका थिए ।

उक्त कार्यक्रममा गाविस प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरुद्वारा सुनौलो सपना नेपालका सबै सदस्यहरुलाई सम्मान गरेका थिए । जसले गर्दा आगामी दिनहरुमा अझै धेरै सामाजिक कार्य गर्नका लागि हौसला मिलेको संस्थाकी अध्यक्ष सोनिया जिआरले बताईन् । भर्खरै मात्र नव नायिकाका रुपमा अभिनय शुरु गरेकी सोनिया जिआरको पहिलो फिल्म ‘द फेमस’ कात्र्तिक १९ गतेबाट अल नेपाल रिलिज हुँदै छ । कलाकारिताको साथै समाजसेवामा पनि लागिरहेकी जिआरले बताइन् ।

तपाइँको प्रतिक्रिया ।