कपन बहुमुखी क्याम्पसको चियापान, नवदूर्गा सहकारीले ५१ हजार १ रुपयाँको सहयोग

कपन अनलाइन१६ असोज ।  

बुढानिलकण्ठ  क्षेत्रकै महत्वपूर्ण कपन बहुमुखी क्याम्पसले बडादशैँको अवसर पारेर विशेष चियापान कार्यक्रम आयोजना गरेको छ । समाजका बिभिन्न तहतप्काका व्यक्तित्वहरुलाई एकत्रित गरेर आयोजना गरेको कार्यक्रममा क्याम्पसका विद्यार्थी तथा अभिभावकहरुको सहभागिता थियो । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझासहित समितिको सदस्यहरुले कार्यक्रममा उपस्थितहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कपनमा रहेको माता नवदुर्गा बहुद्धेश्यीय सहकारीका तर्फबाट कोषाध्यक्ष अमृत बस्नेतले क्याम्पसलाई रु. ५१ हजार  १ रुपयाँको  नगद  सहयोग गरेका थिए । क्याम्पसले आफ्नै भवन बनाउन तयारी गरिरहेको बेला सानो ठूलो सहयोगमा सहभागि हुन पाएको खुशी लागेको कोषाध्यक्ष बस्नेतले बताए ।

 

क्याम्पसले बुनपा १२ स्थित जोरधारा क्षेत्रमा भवन निर्माण कार्य गर्दैछ । भवन निर्माणका लागि बुढानिलकण्ठ नगरपालिका लगायतको लगानी रहेको छ ।

तपाइँको प्रतिक्रिया ।