बेगवान विदुर, शान्त राजाराम अनि रहस्यमयी रविन !

 कपन अनलाइन, २६ भदौ, २०७३/दृष्टिकोण/
unnamed-1-001
– बिजेन्द्र पुडासैनी
शीर्षकमा उल्लेखित नामहरु बुढानिलकण्ठ नगरपालिकामा ने.क .पा .एमाले, नेपाली कांग्रेस र ने.क.पा माओवादी केन्द्रका प्रतिनिधिको हो | बुढानिलकण्ठ नगरपालिका र नगर बासिन्दाबीच रहेर सेतुको काम गर्ने ध्यायका साथ गठित राजनीतिक प्रतिनिधि र कर्मचारीतन्त्रले संचालित निकायबीच जनतालाई कार्य गर्न सहज बनाउने अनि बिकाश निर्माण र परादर्शितालाई बिधि-बिधान बमोजिम चलेको छ वा छैन त्यसको रहोबर गर्ने गर्छन् । साथै सामाजिक बिकासलाई परिमार्जित ढंगले अध्ययन गर्ने जनताका योजनाहरुलाई महत्वपूर्ण सूचिमा सामेल गर्न अध्ययन गर्ने महत्व हेरी योजना बैठकमा छलफल गर्नेलगायत अन्य धेरै छन् ।
जनता र राजनीतिक दलका कार्यकर्तामा के फरक छ भनेर पछि लेख्ने गरी हाल चैँ जनताले यी प्रतिनिधि बारे बुझेका केही कुरा समेट्न चाहन्छु । जनताले यी प्रतिनिधिलाई कसैले घरको नक्शा पास गर्न सहयोग माग्छन्  कसैले घरको कर छुट गर्न सहयोग माग्छन् कसैले नाता प्रमाणित गर्न त कसैले कागजात नमिलेकोमा सहयोग माग्छन् । जनताले मागेको सहयोग दिनु यस संयन्त्रका प्रतिनिधिहरुको कताकतै दायित्व पनि हो । जनता ले नबुझेको कुरा आफुहरुले उनीहरुलाई बुझाउने सम्झाउने एबं बिधि बिधान बमोजिम कार्य गर्न प्रोत्साहन गर्ने जिकिर तीनैजना प्रतिनिधि गर्ने गर्छन् । बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र बुढानिलकण्ठ नगरका बिकाश निर्माण र उनीहरुको दृष्टिकोण् बारे छोटो चर्चा गर्नु उपयूक्त लागेकाले यो लेख लेख्दै छु ।
bijendra
बेगवान बिदुर संग मेरो सक्षात्कार किशोर उमेर देखिको नै हो उनकै ३ तल्ले घरमा विधाला शिक्षा हासिल गरेको हुँदा त्यस बेलाको द्वन्द्वकालिन परिस्थिति बिधालयमा माओवादी क्रन्तिकारीहरुको आगमन अनि वेगवान  विदुरका बहस मैले नि सुनेकै हो । जब क्रान्तिकारीहरू विधालयमा आउथे बिदुर सकभर उनीहरुलाई आफ्नो घरमा पस्न अबरोध गर्थे र भन्थे ‘यी कलिला मस्तिष्कमा बिष नरोप्नुस सक्नुहुन्छ भने मलाई सम्झाउनु होस् ‘ । क्रान्तिकारीहरु पनि वेगवान बिदुर नहुँदामात्र बिद्यालय प्रवेश गरेर हामीलाई जनवादी शिक्षा दिन्थे । अब हामी के कम मास्टरले दिएको शिक्षा त् नलिनेलाई  !!! तर कसो कसो मेरो मानसपटलमा त्यो जनवादी शिक्षा को बिउ रोप्न क्रान्तिकारी हरु सफल भए | वेगवान विदुर राजनीतिमा सक्रिय रहेकाले उनको कोठामा त्यो प्रमाणित गर्ने धेरै प्रमाण हरु थिए |
देशमा संकटकाल लाग्यो जनआन्दोलनको बेला विदुर राजनीतिक बन्दी नै बने । उनलाई भेट्न म खरिपाटी गएको सायद  उनले बिर्से कि याद नै गरे त्यो फरक पाटो हो । तर त्यो समयदेखि उनी भन्थे हरेक मानिसमा राजनीतिक चेतना हुनु जरुरी छ |सामाजिक बिकास अनि नगरको बिकासका लागि योजना बनाउने तर्फ आफै लाग्ने बताउने बिदुर साँच्चै वेगवान छन् । तुरुन्त निर्णय गर्ने, योजना कार्यान्वयन गर्ने उनका  पक्ष् नगरबासीले कसरी हेर्लान त्यो समयले बताउने छ | सुन्दर, सफा-हराभरा र  सम्बृद्ध बुढानीलकण्ठ नगरपालिका निर्माण गर्ने सोचमा रहेका विदुरको निवर्तमान (ए मा ले ) नगर प्रतिनिधि उद्धव खरेल बीच तुलना गर्नेहरुका लागि बिदुरको वेगवान शैलीयूक्त कार्यकाल नहेरी तुलना गर्न सकिदैन ।
राजाराम बूढाथोकी लाई नेपाली कांग्रेसको नगर प्रतिनिधि नियुक्त गरे पछि नेपाली कांग्रेस बुढानिलकण्ठ नगर कमिटीभित्र एक किसिमको ज्वारभाटा नै पैदा भएको थियो ।   उनलाई शान्त यस कारण भनिएको हो कि कहिँ कतै कुनै पनि सार्बजनिक कार्यक्रममा नेपाली कांग्रेश बुढानिलकण्ठ नगर को नगर प्रतिनिधि मै हु भनेर गतिबिधिमा उनी सक्रिय देखिदैनन् ।  विवादास्पद अभिव्यक्ति  दिएका छैनन् । काम कति गरे पछि थाहा होला । यद्धपि नगर अधिबेशनबाट निर्बाचित नगर सभापति गणेश कोइराला राजारामको नगर प्रतिनिधिमा नाम सिफारिस भए पछि आफुलाई पछाडी परेको महसुश गरेको भनेका थिए | धेरै बोल्न नाखोज्ने,  शान्त नै रहने  राजाराम चिन्तन गर्ने मनन गर्ने र कुनै पनि निर्णय गर्नु पूर्व सोच विचार गर्ने प्रवृतिका छन् पनि भनिन्छ  । जनतालाई नगरपालिकाको सेवा सुबिधा र सूचना आफुले सधै पुर्याउन तम्तयार हुने बताउँछन् उनी । कहिँ कतै कुनै पनि कार्यक्रममा आफ्नो धारणा सितिमिति नराख्ने भएकाले उनलाई  शान्त राजाराम भनिएको हो |
उसो त नेपाली कांग्रेसका निवर्तमान प्रतिनिधि न्हुच्छेनारायण श्रेष्ठको तुलनामा राजाराम फिक्का भएको भनेर लाग्ने गरेको आरोप सायद शान्त राजाराम आफैले पनि सुनेका होलान् ।  आफुलाई कसरी अब्बल बनाउँदै जनताको विश्वास जित्ने भनेर कार्य गर्ने राजारामको कार्यकाल कस्तो होला त्यो हेर्ने बाँकी छ ।
नगरपालिका घोषणा भएको पुग-नपुग २ बर्षको समयमा नगरले के के गर्यो यो गर्यो त्यो गरेन भनेर सोच्नु र सोध्नु भन्दा पनि नगर बिकाशको लागि दीर्घकालीन योजना मार्फत आफु चाडै मैदानमा आउने सोच मा रबिन अधिकारी रहेका छन् । रहस्यमय रबिन ने क पा माओवादी केन्द्रका प्रतिनिधि हुन् ।  उनको जन्म निवास नगरपालिका कार्यालय नजिक रहेको छ रउनको पार्टी कार्यालय र नगरपालिकाको केन्द्रिय कार्यालय केवल केहि पाईलाको दुरीमा रहेको छ । यसो हुँदा जनतासँग  उनी हरदिन सम्पर्कमा हुन्छन् ।  कुनैदिन जनताको केहि काम नगरपालिकामा मिलेन भने रविन दाइकोमा जाउ भन्ने उत्तर सेवाग्राहीले नै भन्छन् ।  चाहे कांग्रेस हुन् या ए.मा.ले किनकी रहस्यमय रविन यो मान्छन्  की उनीको मा आउने सबै बुढानिलकण्ठ नगरका जनता हुन् । 
यसो भन्दै गर्दा उनी आफै भन्छन्  ‘मलाई पार्टी(ने.क.पा. माओवादी केन्द्रको बैठक) मा सँधै अर्को पार्टीको मान्छेको कामलाई प्राथामिकता दिने गरेको भनेर प्रश्न पनि उठ्ने गरेको छ’ उनि निर्धक्क भन्छन्  ‘मेरो राजनीति बुढानिलकण्ठ नगरलाई समुन्नत पृथक अनि सम्भावानाको भण्डार बनाउनु हो ।’  उसो त ने.क.पा. माओवादी केन्द्रको तर्फबाट कपन बहुमुखी क्याम्पसलाई बु.न.पा को ३० लाख बिनियोजन गराउँदै गराएर आलोचना खेप्दै गर्दा पार्टीको नेताको नाममा अनुत्पादक क्षेत्रमा कुनै पनि योजना नहाल्ने र आफु छउन्जेल हाल्न पनि नदिने अभिव्यक्ति दिए  रविनले । तत्पश्चात बिरोध गर्नेहरु समेत चुपचाप नै छन् । 
बुढानिलकण्ठ नगरपालिकाको सम्भावना र चुनौतीको अध्ययन गरिरहेका अधिकारीको कुरा सजिलै जो कोहिले बुझ्दैनन् पनि । बुढानिलकण्ठ नगरपालिकालाई सबैबीच परिचित गराउनको लागि धार्मिकचिनारी बाहेक अन्य सम्भावनालाई पनि खोजि गर्नुपर्ने बताउने रविन अधिकारी आफु राजनीतिकका लागि  राजनीति नगरी सामाजिक बिकाशको लागि राजनीति गरीरहेको जिकिर गर्छन्  । 
हाल बुढानिलकण्ठ नगरपालिकाको कार्यकारी अधिकृत बिश्वराज मरासैनी कुशल प्रशासक हुन् भन्ने भान पाउन २/४ चोटी नगरपालिका को दर्शन गरे पुग्छ ।  जसै उनी बुढानिलकण्ठ नगरपालिकाको कार्यकारी भएर आए गोल्फुटार बुढानिलकण्ठ सडक खण्डमा सौर्य बत्ति जडानकार्यको कार्य सुरु गरे । प्रक्रिया के थियो पुग्यो पुगेन कुनै पनि राजनीतिक प्रतिनिधिको बक्तब्य जारी नहुनु मरासैनी हावी भएको बुझ्न कठिन छैन । भलै रहस्यमयी रविनले भने यस कार्यलाई मंसिर महिनामा धान रोपेको उदहारण दिए ।
तपाइँको प्रतिक्रिया ।