बुनपाभित्र उपभोक्ताले २० हजार रुपयाँ खर्च गरे नगरपालिकाले सोलार सडक बत्ति राखिदिने
कपन अनलाइन , २७ भाद्र, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिकाले उपभोक्ताको सहभागितामा नगरपालिकाभित्र सोलार सडक बत्ती राख्ने योजना ल्याएको छ।
रात्रीकालिन आर्थिक क्रियाकलाप सञ्चालन गर्ने, लोडसेडिङ घटाउने र सुरक्षाामा सहयोग पुर्याउने उद्देश्यले सौर्य सडक बत्तीको योजना बूढानिलकण्ठ नगरपालिकाले ल्याएको हो ।
यो योजनाका लागि सरकारले ६५ प्रतिशत अनुदान दिनेछ भने स्थानीय निकाय २० प्रतिशत र उपभोक्ताबाट १५ प्रतिशत लगानी गर्नुपर्नेछ। जस अनुसार बूढानिलकण्ठका स्थानीयवासीलेहरुले रु २० हजार रुपयाँ खर्च गरे नगरपालिकाले सोलार बत्ती राखिदिने बुढानिलकण्ठ नगरपालिका कार्यकारी अधिकृत विश्वराज मरासेनी बताए । सडक बत्ती प्रणालीमा जडान हुने उपकरण तथा सामाग्रीमध्ये सौर्य पाताको २० वर्ष, सौर्य व्याट्रीको ५ वर्ष, चार्ज कन्ट्रोलरको २ वर्ष र बत्तिको २ वर्ष ग्यारेन्टी हुनेछ ।
नगरपालिकाभित्र अति विपन्न वस्ती भएमा सरकारले ७०, स्थानीय निकायले २० र उपभोक्ताले १० प्रतिशत लगानी गर्नेछन् । त्यस्तै नगरपालिकाभित्रका संस्थागत क्षेत्रमा सरकारले ७० र संस्थागत क्षेत्रबाट ३० प्रतिशत लगानी गर्ने कार्यविधिमा उल्लेख छ।
सोलार सडक बत्ती सम्बन्धमा बूढानीलकण्ठ नगरपालिकाको सूचना यस्तो छ ।