एमाले सांसद डा . राजन भट्टराई द्वारा पैयाटारको पहिरो निरीक्षण

एमाले सांसद डा . राजन भट्टराई द्वारा पैयाटारको पहिरो निरीक्षण

कपन अनलाइन, १३ साउन, २०७३

बुढानिलकण्ठ नगरपालिका वडा १९ पैयाँटारको पहिरो नेकपा एमाले काठमाडौँ  ४ का सांसद राजन भट्टराईले आज बिहान ८ बजे निरीक्षण गरेकाछन् ।ग्याम्जु शेर्पाले  लगाएको पर्खाल खस्दा २ घर जोखिममा र एक घरलाई भत्काएर पहिरो भित्र छिरेको छ ।

19 -pahiro (1)

निरीक्षण भ्रमणमा सांसद भट्टराईले पिडितहरूका  गुनासो  सुनेका थिए , भने आफुले सक्दो सहयोग गर्ने पिडितलाई आश्वासन दिएका छन् ।   निरीक्षण भ्रमणमा नेकपा एमाले  काठमाडौँ  क्षेत्र नम्बर ४ का अध्यक्ष कुसु कुमार कार्की , काठमाडौँ  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने,  एमाले बुनापा १२ का अध्यक्ष  नवराज भट्टराई लगाएतको उपस्थिति रहेको थियो ।

19 -pahiro (2)

सो पहिरोको निरीक्षण हिजो  नेका  सांसद गगन कुमार थापा तथा ओखलढुंगाका सांसद द्वय यज्ञराज सुनुवार र रामहरी खतिवडाले गरिसकेका छन् ।

20160728_082208

तपाइँको प्रतिक्रिया ।