पैयाटारको पहिरो निरीक्षणमा गगन थापासहित सांसदहरू सुनुवार र खतिवडासमेत(पहिरो भिडियोमा)

पैयाटारको पहिरो निरीक्षणमा गगन थापासहित सांसदहरू सुनुवार र खतिवडासमेत(पहिरो भिडियोमा)
13669000_532148673640436_127641692132563552_n
फोटो: सविन मुडवरी/रोशनबाबु बुढाथोकी/
भिडियो: आशिष गुरागाई
कपन अनलाइन, १२ साउन, २०७३
बुढानिलकण्ठ नगरपालिका वडा १९ पैयाँटारको गुम्बाको भनिएको पर्खाल व्यक्तिको भएको थाहा हुन आएको छ । सो पर्खाल ग्याम्जु शेर्पाको भएको स्थानीयवासीले जनाएका छन् । सो पर्खाल भत्किएर खस्दा ३ घर जोखिममा मात्र हैन एक घरलाई भत्काएर पहिरो भित्र छिरेको छ । ३ वटा घर जोखिममा पर्ने गरी गएको पहिरोको निरीक्षण गर्न क्षेत्र नं ४ का सांसद गगन थापा अपरान्ह पुगेका थिए । निरीक्षण भ्रमणमा सांसद थापाले पिडितहरू गुनासो सुनेको स्थानीयवासीले बताए । त्यसैगरी ओखलढुंगाका सांसद द्वय यज्ञराज सुनुवार र रामहरी खतिवडाले पनि पहिरोग्रस्त क्षेत्रको छुट्टाछुट्टै निरिक्षण गरेका थिए ।Bunpa-19-pahiro (3)

यसैबीच बुढानिलकण्ठ नगरपालिका कार्यकारी अधिकृत विश्वराज मरासैनीसाथै  नगरपालिका सहजिकरण समितिका  बिदुर खड्का ,राजाराम बुढाथोकी  र नपा योजना प्रमुख बिजेन्द्र श्रेष्ठ , बिनोद पौडेलले पनि पहिरोको निरीक्षण गरेको बताइएको छ । यो घर र पर्खाल बनाउन कसरी  निर्माण अनुमति दियो नगरले ? भन्ने कोणबाट पनि प्रश्न उठेको छ । यो विषयले नगरपालिकालाई तान्ने सम्भावना बढेको बताइन्छ ।

Budhanilkantha Municipality wad 19 Landslide Videoबुढानिलकण्ठ १९ मा गएको पहिरो

Posted by kapanonline on Wednesday, July 27, 2016

तपाइँको प्रतिक्रिया ।