बुनपाको विकास कसरी गर्ने ? तेज रोक्काको विचार

बुनपाको विकास कसरी गर्ने ? तेज रोक्काको विचार

 

कपन अनलाइन, १३ साउन, २०७३

तेज रोक्का समाजिक कार्यकर्तासहित विकासका अभियान्ता पनि हुन् । नेपालका बिभिन्न क्षेत्रमा सामाजिक सेवा तथा विकासका प्याकेज बोकेर उनी हिँडेका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उनका विकासे गतिबिधि छरिएका छन् । बुनपा १४ निवासी तेज रोक्काले बुनपामा पनि बिभिन्न क्षेत्रको विकासमा योगदान पुर्याएका छन् । राजनीतिक कार्यकर्तासमेत रहेका रोक्काले विशेष गरेर शिक्षा र वातावरणका क्षेत्रमा आफ्ना पाइलाहरुलाई बढाएका छन् । आफूले आर्जन गरेको कमाइमध्येबाट सामाजिक क्षेत्रमा लगानि गर्दा विकासमा योगदान पनि पुग्ने र मानसिक शान्ति पनि हुने धारणा राख्ने रोक्का बुनपाको विकासमा दीर्घकालिन योजना तयार हुन नसकेकोमा गम्भीर छन् । दीर्घकालिन योजना बिना विकास सम्भव नहुने धारणा राख्छन् उनी । कपन अनलाइनसँगको विकास वार्तामा उनी बुनपाको विकासमा आफ्नो अनुभव तथा सोच लगानी गर्न चाहेको बताउँछन् ।

 

कपन अनलाइनले बुढानीलकण्ठ नगरपालिकाको दीर्घकालिन विकासको बारेमा आयोजना गर्न लागेको बहश कार्यक्रममा सहभागिता जनाउँदै तेज रोक्काले बुनपाले आफ्नो विकासको लागि खानेपानी, यातायात, वातावरण, जनसंख्या र स्वास्थ्यका क्षेत्रमा योजनाबद्ध अगाडि बढ्नु पर्ने बताएका छन् । उनीसँग भएको भिडियो कुराकानीको  हेर्नुहोला । नगपालिकाको विकास कसरी गर्ने बारे छलफल तथा बहश कार्यक्रममा सहभागि हुन सबैलाई अनुरोध पनि गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।