माओवादी केन्द्रले स्थानीय निकाय चुनावमा बुनपाको ७ वडा जित्ने

माओवादी केन्द्रले स्थानीय निकाय चुनावमा बुनपाको ७ वडा जित्ने

neta

कपन अनलाइन, १९ असार, २०७३

रविन अधिकारीको नेतृत्व तथा कमान्ड रहेको बुनपा माओवादी केन्द्र संगठन विस्ताको काममा व्यस्त रहेको छ । बुनपा माओवादी केन्द्र कार्यालयमा रविन अधिकारीको टेबलभरी नयाँ संगठित सदस्यहरुको परिचयपत्र छरिएका छन् । बुनपाको १९ वटै वडामा नयाँ कार्यकर्ता तयारी गर्ने पहलस्वरुप युवाहरुलाई समेट्ने काम भैरहेको रविन अधिकारीले बताए । आफ्ना सहकर्मीहरु ठाकुर खकुरेल र संजय अर्यालका साथ दिनभरी उनी संगठन कसरी विस्तार गर्ने बारेमा छलफल तथा कार्यमा व्यस्त रहेका छन् ।

पछिल्ला समय फुटका कारण धेरै नेता तथा कार्यकर्ता छरप्रस्ट भएर अन्ततिर लागेको अवस्थामा रविन अधिकारीले बुनपा कमान्ड संहालेपछि युवा तथा विकासप्रेमीहरु एकत्रित हुन थालेको संजय अर्यालले कपन अनलाइनलाई भने । माओवादी केन्द्र बनिसकेकपछि केही नेता तथा कार्यकर्ता वर्तमान रविन, ठाकुर र संजयको नेतृत्वलाई असहयोग गरिरहेको बेला उर्जावानहरुलाई संगठित सदस्यता बाँड्दै स्थानीय निकाय केन्द्रित राजनीतिलाई अगाडि बढाउँदै तथा बेखुशी भएका व्यक्तिहरुलाई खुशी बनाउनतिर आफू लागेको रविन अधिकारीले बताए ।

पार्टीको नगरअधिवेशनअन्तर्गत वडा अधिवशेनमा आफूहरु केन्द्रित रहेको उनले बताए । वडादेखि नै अब पार्टीलाई चुस्त बनाउने उनको धारण थियो । पार्टीमा युवाहरुको आकर्षण रहेकोले अब आफू विकास निर्माणमा केन्द्रित राजनीति गर्दै सबैको मनमा बस्ने कामतिर लागेको अधिकारीको व्यक्त गरे । कांग्रेस र एमालेका आन्तरिक चरम आन्तरिक गुटवादले पनि माओवादी केन्द्रलाई संगठन विस्तार गर्न सजिलो भैरहेको उनले बताए ।

यसैबीच बुनपा माओवादी केन्द्रले बुनपाभित्र हुने स्थानीय निकायको निर्वाचनमा कम्तिमा ७ वडामा बिजय हुने आंकलन गरेको छ । बुनपा माओवादी केन्द्रले हालै भएको एक बैठकमा यो विषय छलफल भएको बताइएको छ । यसरी छलफल हुँदा बुनपाअन्तर्गत साविक कपन गाविसले ओगटेको ५ वटा वडामध्ये २ वडामा सहज जितिने आंकलन गरिएको छ । यसरी सहज जितिने आंकलन गरिएको वडाहरुमा वडा नं. १३ र १४ रहेको छ । त्यसको अलावा साविक चुनिखेल गाविसको ३ वडामध्ये २ वटा वडामा जित्न सकिने अवस्था रहेको विषय पनि बैठकमा चलेको थियो ।

तपाइँको प्रतिक्रिया ।