रिता सिंहले निलम्बित वैद्य र दाहाललाई पूर्नबहाली गरिन्, छानबिन समिति संयोजक पदच्यूत

रिता सिंहले निलम्बित वैद्य र दाहाललाई पूर्नबहाली गरिन्, छानबिन समिति संयोजक पदच्यूत

images

कपन अनलाइन, १९ असार, २०७३

विवादै विवादको चौघेरामा रहेकी बालमन्दिर अध्यक्ष रिता सिंहले अत्यन्त जधन्य स्वरुपको विषयमा निलम्बनमा रहेका कार्यकारी निर्देशक बालकृष्ण बैद्य र महासचिव सुरज दाहाललाई पूर्नबहाली गरेकी छिन् । वैद्य र दाहाल बालमन्दिरले बनाएको अधिकारसम्पन्न छानबिन समितिबाट बालबच्चा बेचबिखन विषयमा संघीय अपराध गरेको भन्दै निलम्बित थिए । नेपाल बाल संगठन बालमन्दिरको केन्द्रिय समितिले ०७३ बैशाख २९ र ३० गते बसेको बैठकबाट बनेको अधिकार सम्पन्न छानविन समितिले बाल संगठन बालमन्दिरका बालबालिकालाई खुशी घर नामको संस्थालाई अनधिकृत रुपमा पठाएकालगायतका विषयमा उनीहरु आरोपित थिए । सो अधिकारसम्पन्न समितिका संयोजक बाल संगठनका उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ थिए भने संस्थाकै सुमन साक्य र सनतकुमार कार्की सदस्य थिए । यस अधिकारसम्पन्न समितिले पेश गरेको १२ पेजको प्रतिवेदनलाई लामो समय चुपचाप राखेर निलम्बित वैद्य र दाहाललाई अध्यक्ष रिता सिंहले पूर्नबहाली गरेकी छिन् भने समितिका संयोजक तथा संस्थाका अध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पदच्यूत गरेकी छिन् ।

२६ वर्षदेखि निरन्तर राज चलाउँदै आएकी अध्यक्ष रिता सिंह बाल संगठनको अध्यक्ष पदमा पाँचौ पटक बहाल छिन् तर उनले आफ्नो पदको दुरुपयोग गरेको पटकपक सार्वजनि भएको छ । पछिल्लोपटक बालमन्दिरको २९ रोपनी जग्गा ४३ वर्षका लागि कसैलाई नसोधी लिजमा रहेको दिँदै सो बापत लिएको ७५ लाख संस्थाको खातामा नभएको विषयले सिंहलाई अप्ठेरो परेको छ । सिंहलाई बैद्य र दाहालको सहयोगमा बिभिन्न कुकृत्य गरेको आरोप लाग्दै आएकोमा निलम्बनमा परेका निज द्वयलाई पूर्नबहाली गरेपछि उनको नियत खराब रहेको प्रमाणित भएको एक सदस्यले कपन अनलाइनसँग नाम नलेख्ने शर्तमा भने । बाल संगठनको उच्चस्तिय छानविन समितिले के प्रतिवेदन पेश गरेको थियो सो यहाँ राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।