नेपाली कांग्रेसको आयोजनामा वाग्मतीको मुहान सफाई

नेपाली कांग्रेसको आयोजनामा वाग्मतीको मुहान सफाई

jfudtL ;/;kmfO jfudtL ;/;kmfO dxfcleofgsf] !^)cf}+ xKtfdf sf7df8f}F pkTosfsf] kfgLsf] d'xfg ;'Gb/Lhndf ;/;kmfO ul/Fb} . tl:a/ M k"0f{k|;fb ld>, /f;;

कपन अनलाइन, काठमाडौँ, २२ जेठ, २०७३

वाग्मती सफाइ महाअभियानको १६०औँ हप्ताका दिन आज वागमतीको मुहान सरसफाई गरिएको छ ।  काठमाडौँ उपत्यकामा पानी ल्याइएको सुन्दरीजलस्थित मुहानको आजबाट सरसफाइ सुरु गरिएको हो । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिले आज आयोजना गरेको मुहान सरसफाइमा बोक्सी दहस्थित मुहान परिसरबाट एक गाडी फोहर निकाली व्यवस्थापन गरिएको छ । उपत्यकामा यही मुहानबाट ६० प्रतिशत पानी वितरण गरिन्छ । उपत्यकावासीलाई स्वच्छ पानी पठाउन मुहान सफाइ गरिएको आयोजक समितिका सभापति श्रीकृष्ण ज्योतिले बताएका छन्  ।

कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य गर्ने दिवास्वप्न बाँड्ने सरकारले जनतालाई स्वच्छ पानीसमेत वितरण गर्न नसकेको बताए । दुई करोड ६४ लाख जनतालाई स्वच्छ पानी वितरण गर्ने कार्यक्रम सरकारले बनाउन नसकेको उनको भनाई थियो।

कार्यक्रममा काँग्रेस ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसेले मुहान सफा गर्ने अभियानलाई आगामी हप्ता पनि निरन्तरता दिइने बताए । मुहान सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, गोकर्णेश्वर नगरपालिका, स्थानीय विद्यालयका शिक्षक विद्यार्थीलगायत स्थानीयवासीको सहभागिता थियो ।

तस्वीर रासस

तपाइँको प्रतिक्रिया ।