बम विस्फोट गराउन खोज्ने तीनजनाको निधन

बम विस्फोट गराउन खोज्ने तीनजनाको निधन

quetta-attack-759

कपन अनलाइन, इस्लामाबाद, २२ जेठ, २०७३

पाकिस्तानी सहर सहर पेसावरमा शनिबार बिहान आत्मघाती आक्रमणको तयारी गरिरहेका तीन जनाको निधन भएको समाचार छ । बम विस्फोट गराई सर्वसाधारणको ज्यान लिन खोज्ने तीनजना आक्रमणकारीको आफैले बोकेको बम विस्फोट भएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले आत्मघाती बिस्फोटका लागि बम बोकेका र बम राख्नुअगावै विस्फोट भएर ज्यान गएको प्रहरीको भनाई छ । पेसावरको कफोआर धेरी इलाकामा आत्मघाती आक्रमण गराउन लागेका ती आक्रमणकारीहरु मारिएको प्रहरी निरीक्षक कसिफ जुल्फिकारले बताउनुभएको छ । रासस

(फाइल फोटो-इन्डियनएक्सप्रेसडटकम)

तपाइँको प्रतिक्रिया ।