लोकगायक शिवनारायण जोशीको ‘बालन भजन’ विमोचित

hf]zLsf] …afng ehgÚ ljdf]lrt/fli6«o nf]s;~rf/sdL{ g]kfnåf/f zlgaf/ sf7df8f}Fdf cfof]lht nf]sufos lzjgf/fo0f hf]zLåf/f lnlvt tyf ;Dkflbt ;TojfbL /fhf xl/ZrGb|sf] syfdf cfwfl/t …afng ehgÚ ljdf]rg sfo{s|ddf ;+:s[ltljbx? . tl:a/ M Zofd l/dfn, /f;;

कपन अनलाइन, काठमाडौँ, २२ जेठ, २०७३

राजधानीमा आज आयोजित एक विशेष कार्यक्रममा लोकगायक शिवनारायण जोशीद्वारा लिखित तथा सम्पादित र सत्यवादी राजा हरिश्चन्द्रको कथामा आधारित ‘बालन भजन’  विमोचन गरिएको छ । पुर्व नायब बडागुरुज्यू प्रा. डा. माधव भट्टराईले सो भजनलाई विमोचन गरेका हुन् । बालन, खैंजडी भजन र काँठे भजन बिभिन्न नामले चिनिने यो खाले  गीत कुनै पनि धार्मिक कार्य सकिएपछि निम्तालुलाई मनोरञ्जन दिन गोलाकार समूह बनाएर यसलाई प्रस्तुत गरिन्छ । विशेषगरी वाग्मती क्षेत्र र त्यसपूर्वका भेगमा यो भजन प्रचलित रहेको धारणा कार्यक्रम जानकारी दिइएको थियो ।

दुई घन्टा ४४ मिनेटको सो भजनको  अडियो क्यासेटलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि  प्रा डा माधव भट्टराईले नेपालको संस्कृति विश्वकै मौलिक संस्कृति भएको र यहाँ अझै २० प्रतिशत संस्कृति जीवन्त रहेको बताए । उनले ती संस्कृतिको संरक्षण हामी आफैँले गर्नुपर्नेमा जोड दिएका थिए  । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा आयोजित कार्यक्रममा सङ्गीतकार दीपक जङ्गम, म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, लोकगायक नन्दकृष्ण जोशीलगायतका व्यक्तिहरूको उपस्थिति थियो । कार्यक्रमका  समीक्षक मधुसूदन पाण्डेयले छाडा गीतसङ्गीत तथा संस्कृतिलाई नियन्त्रण गरी नेपाली धर्म, संस्कृति र कलाको संरक्षणमा राज्य र निजी क्षेत्रले पहल लिनुपर्ने बताउनुभयो । लोक यक जोशीका यसअघि १४४ गीति क्यासेट प्रकाशित भइसकेका छन् । गायक जोशी बुनपा-१४ कपन निवासी हुन् ।

(तस्वीर रासस)

तपाइँको प्रतिक्रिया ।