काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँग्रेस यो देशको ठूलो शक्ति हो- प्रचण्ड

काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँग्रेस यो देशको ठूलो शक्ति हो- प्रचण्ड

7777-600

कपन अनलाइन,  २१ जेठ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखा सदरमुकाम चरिकोटमा नेकपा(माओवादी केन्द्र) दोलखाको चौथो सम्मेलन उद्घाटन गर्दै “काँग्रेसले जेसुकै गरोस् भनेर हुँदैन, काँगे्रस यो देशको ठूलो र एक तिहाइ जनमत भएको शक्ति हो ।” भनेका छन् । उनले कार्यक्रममा छिट्टै काँग्रेस, एमाले र मधेसीसहितको राष्ट्रिय एकताका सरकार गठन हुने पनि बताएका  छन्  । अध्यक्ष दाहालले राष्ट्रिय एकताको आवश्यकता भएको बताउँदै देशका सबै समस्या राष्ट्रिय एकताबाट हल गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै उनले आफु प्रधानमन्त्री पदको भोको नभएको तर प्रधानमन्त्री बनिहाले भने भुकम्प पिडीतलाई ५ लाख अनुदान दिने बताए ।

तपाइँको प्रतिक्रिया ।