बालउद्धार उच्च माविले डान्स प्रतियोगिता आयोजना गर्यो

बाल दिवसको अवसर पारेर कपनस्थित बालउद्धार उच्च माविले कपन तथा आसपासका स्कूलका अन्र्तविद्यालय नृत्य प्रतियोगिता आयोजना गरेको छ । अतिरिक्त कृयाकलापमा विद्यार्थीहरुको सहभागितालाई महत्व दिँदै आएको आयोजना गरेको यो प्रतियोगितामा माध्यमिकदेखि उच्च माध्यमिकसम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।
DSC09635
यस भेकका करिब २० विद्यालयले यस प्रतियोगितामा भाग लिएका थिए । जसमा बौद्धको महेन्द्र बौद्ध उच्च मावि पनि सामेल थियो । प्रतियोगितामा राष्ट्रिय गीतमा मात्र नृत्य गर्न पाइने नियम बनाइएको थियो । परम्परागत तथा मौलिक भेषभुषामा सज्जिएर विद्यार्थीहरुले आफ्ना नृत्य प्रस्तुत गरेका थिए ।

बालउद्धार उच्च माविका अतिरिक्त कृयाकलाप प्रमुख वामदेव भट्टका अनुसार प्रतिस्पर्धामा भाग लिनेहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र आगामी भाद्र २९ गते बाल दिवसका दिन प्रदान गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।