गुराँस मासिँदै, संरक्षणको अभाव

गुराँस मासिँदै, संरक्षणको अभाव

new-2

कपन अनलाइन, इलाम, २१ जेठ, २०७३

जिल्लाको उत्तरी क्षेत्रमा पाइने बहुगुणयुक्त गुराँस मासिने क्रम बढ्दै गएको छ । प्राकृतिक, सांस्कृतिक जैविकलगायत विविध दृष्टिले महत्वपूर्ण मानिएको गुरा“स संरक्षणको अभावनमा मासिने क्रममा छ । खुला चरिचरन, खुल्ला सीमा, चेतना अभाव, अव्यवस्थित विकास निर्माण, दाउराका रूपमा प्रयोग गरिनु आदिले गुराँस सङ्कटमा परेको सरोकारवाला बताउँछन् । जिल्लाका अधिकांश लेकाली क्षेत्रमा गुरा“स पाइने भए पनि ती क्षेत्रमा पाइने गुराँसको सङ्ख्या र प्रजातिको अहिलेसम्म यकिन हुन सकेको छैन । “गुराँस विनाश हुनुका कारण पहिल्याई उचित संरक्षणका लागि ठोस नीतिको आवश्यकता देखिएको छ”, उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका अध्यक्ष दीपक लुङ्गेलीले भन्नुभयो – “वन मन्त्रालय र विभागबाट नै यसको उचित संरक्षणका लागि ठोस नीति आवश्यक छ ।”

यहाँको मावु, माइमझुवा, जमुना, माईपोखरी, पुवामझुवा, प्याङ, जोगमाईलगायतका गाविसका सामुदायिक तथा निजी वनमा गुराँस पाइन्छ । ती क्षेत्रमा रहेका पशु गोठमा दाउरास“गै गोठलगायतका संरचना निर्माणका लागि गुरा“स फँडानी हुने गरेको छ । खुल्ला चरिचरनलाई बन्द गर्दै अनावश्यक फँडानी रोक्न गोठपालकलाई नै सचेत बनाउनुपर्ने आवश्यकता देखिएको मावुका डुलबहादुर गुरुङले बताउनुभयो ।

पशुपतिनगरदेखि मानेभञ्ज्याङ हु“दै सन्दकपुरसम्मको क्षेत्रमा सीमापारि संरक्षित क्षेत्र भएकाले भारतीय सीमा सुरक्षा बल (एसएसबी) र त्यहा“का दुई दर्जन होटलले दाउरा र निर्माणका लागि गुरा“सको प्रयोग धेरै गर्ने गरेका छन् । “सीमापारि सिंहलीला नेसनल पार्कले प्रवेश नदिने भएपछि नेपालतर्फका गुराँसलगायत वनमा प्रभाव पर्ने गरेको हो” – गुरुङले भन्नुभयो । जिल्ला वन कार्यालयले एक स्थानमा समूह निर्माण गरेर संरक्षण थालनी गरे पनि अन्यत्र ठोस कार्यक्रम भएको छैन । चमैताको कहरे सामुदायिक वनमा समूहमार्फत कार्यालयले गुराँस संरक्षण थालेको छ । “गुराँस धेरै पाइने स्थानको पहिचान गरी ठोस कार्यक्रम ल्याइने सोच भए पनि आवश्यकताअनुसार काम हुन सकेको छैन् – सहायक वन अधिकृत सुनिलकुमार सिंहले भन्नुभयो ।

वन तथा भू–संरक्षण मन्त्रालयमार्फत गुराँस संरक्षणका लागि कार्ययोजना निर्माणको तयारी थालेको समेत उहाँको भनाइ छ । प्राकृतिक अवस्थामा गुराँसको एक हजार प्रजाति रहे पनि विश्वमा ३२ प्रजातिका लालीगुराँस रहेको तथ्याङ्क छ । यो प्रजाति एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा पाइन्छ । तीनजुरे मिल्के क्षेत्रमा २८ प्रजातिका गुराँस पाइन्छन् । जिल्लामा पाइने प्रजातिका बारे कुनै अध्ययन हुन नसकेको जिल्ला वनस्पति कार्यालय इलामले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।