गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३।
प्रेम गर्नेहरु किन यता उता मन डुलाऊछन् ।
न त फक्राउछन नै न त फूल झै फुलाऊछन् ।।
बेला आउदा बिरालो पनि बाघ जस्तै लाग्ने,
कोआफ्नो कोबिरानो अनि सँसार भुलाऊछन् ।
मुखले त जीवन भर सगै हुन्छु भन्छन र पो,
क्षण भरमै गिर्ने गरि शिखर चुलाऊछन् ।
रुप हेरी नजीक हुने पनि अचम्मका हुन्छन्,
थाहा छैन बास्तविकता खै कैले खुलाऊछन् ।
रातोगुलाव थमाएर भट्टि छिर्दै गर्दा भनियो,
जमाना फेरियो प्यारा सबै यसैगरी झुलाऊछन् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।