एमाओवादी(नेकपा माओवादी केन्द्र)  बहुपदीय प्रणाणीमा जाने !

एमाओवादी(नेकपा माओवादी केन्द्र)  बहुपदीय प्रणाणीमा जाने !

maoist-office-1

कपन अनलाइन, काठमाडौँ, ९ जेठ, २०७३

पार्टी एकीकरणपछि आज बसेको नेकपा माओवादी केन्द्रको पहिलो बैठकले पार्टी नेतृत्वलाई बहुपदीय प्रणालीमा लैजाने विकल्प अघि सारेको छ । पुरानो बानेश्वरस्थित अनुपमा पार्टी प्यालेसमा बसेको केन्द्रीय समतिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन, कार्यविभाजनलगायत एजेण्डा प्रस्तुत गर्दै पार्टीलाई बहुपदीय प्रणालीमा लैजाने बताउनुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले पार्टीको साङ्गठनिक प्रस्ताव प्रस्तुत गर्नुभएको नेता लोकेन्द्र विष्ट मगरले राससलाई जानकारी दिनुभयो । “पार्टीलाई बहुपदीय बनाउने वा एकपदीय बनाउने भन्नेबारे अध्यक्षले आज एजेण्डा प्रस्तुत गर्नुभयो र त्यसउपर कुनै छलफल भएन सम्भवतः बहुपदीयमा जाने गरी भोलिको बैठकले निर्णय गर्छ,”–उहाँले भन्नुभयो । विभिन्न समूहमा विभाजित माओवादी मिलेर गठन भएको माओवादी केन्द्रमा ६९९ सदस्यीय केन्द्रीय समिति रहेको छ । अध्यक्ष दाहालले प्रस्तुत गरेको साङ्गठनिक प्रस्तावबमोजिम पदीय बाँडफाँड कसरी गर्ने भन्नेबारे नेताले आवश्यक तयारीका साथ भोलिको बैठकमा प्रस्तुत हुने बताइएको छ । माओवादी केन्द्रले कार्यविभाजन, तत्काल गरिनुपर्ने कार्यक्रमलगायतबारे निर्णय गर्नेछ । केन्द्रीय समितिको अर्को बैठक सोमबार अपराह्न १ बजे पुनः बस्नेछ । रासस

तपाइँको प्रतिक्रिया ।