अर्गानिक स्वास्थ्यलाई झन् नराम्रो

भिटामिन र खाद्य तत्वको दृष्टिकोणले मासु लगायतका अर्गानिक उत्पादन नन–अर्गानिक भन्दा राम्रो नहुने एक अध्ययनले देखाएको छ । स्टानफोर्ड यूनिभर्सिटी एण्ड द भेटेरनस् अफिएर प्यालो अल्टो हेल्थ केयर सिस्टमका अनुसार अर्गानिक उत्पादनमा विषादीको तत्व र एन्टिबायोटिक ब्याक्टेरिया मात्र नहुने र त्यो नै एउटा राम्रो पक्ष भएको पाईएको छ ।

“मान्छेहरु धेरै कारणले अर्गानिक उत्पादन किन्न चाहान्छन् । एउटा कारण स्वास्थ्य राम्रो हन्छ भन्ने स्थापित धारणा हो ।” यो अध्ययनका अध्यक्ष डा. क्रिस्टल स्मिथ स्पाङग्लरले भन्नुभयो “हाम्रो बिरामी र परिवारजनहरु अर्गानिक खाना खानाले स्वास्थ्यमा केही राम्रो गर्छ कि गर्दैन भनेर बेला बेलाका सोध्ने गर्थे ।”
यो प्रश्नको जवाफ खोज्न डा.स्पाङग्लरको समूहले अर्गानिक र नन–अर्गानिक खाना खाने २ सय भन्दा धेरै व्यक्तिमाझ अनुसन्धानलाई गर्‍यो ।  अनुसन्धानका क्रममा समावेश गरिएका खानामा अर्गानिक र नन–अर्गानिक फल, तरकारी, अण्डा, मासु, दुध आदी कुरा थिए ।
यी मध्येका धेरै अनुसन्धानले अर्गानिक उत्पादनमा त्यस्तो के हुन्छ जसले नन–अर्गानिक खाना भन्दा दुई गुणा महङ्गो पर्छ भन्ने नखुलाएको अनुसन्धाकर्ताहरुले एनल अफ इन्टरनल मेडिसिनमा लेखेका थिए ।
अमेरिकाको डिपार्टमेन्ट अफ एर्गिकल्चर स्टयान्डर्डका अनुसार अर्गानिक फार्ममा विषादी, रसायनिक मल, हार्मोन र एन्टिवायोटिक्स् प्रयोग गर्न हुदैन । अर्गानिक पशुपालन गर्दा पशुहरुले प्राकृतिक चर्ने ठाँउ पाउनु पर्छ ।
तर अमेरिकाका धेरै नन–अर्गानिक फार्ममा किरा मार्न विषदीको प्रयोग गर्नुका साथै पशु फार्ममा धेरै उपाय प्रयोग गरि धेरै भन्दा धेरै छिटो उनीहरुलाई हुर्काउने गरिन्छ । फुड एण्ड ड्रग एडमिनिसट्रेसनले फार्ममा यस्तो प्रयोगले मानिसको स्वास्थ्यमा हुने हानीका बारेमा अध्ययन गर्दै छ ।
नयाँ अनुसन्धानले के पत्ता लगाएको छ भने अर्गानिक र नन–अर्गानिक उत्पादनमा कुनै पनि खाद्य तत्वको फरक हुदैन ।
अर्गानिक दुध र कुखुरामा पनि थोरै मात्रामा मात्र अमेगा ३ नामक एसिड धेरै हुन्छ । तर यो तथ्याङ्क कुनै कुनै अनुसन्धानमा मात्र देखिएको छ ।
सामान उत्पादन गर्ने तरिका कारण फरक देखिएको भनेको विषादी र एन्टिबायोटिक ब्याक्टेरियाको मात्रामा भने भारी फरक पाइएको छ ।
तीन भागको एक भाग इन अर्गानिक उत्पादनमा देखिन सकिने विषादीको अंश हुन्छ । अर्गानिक खेतीमा भने ७ प्रतिशतमा मात्र यस्तो देखिन्छ । त्यस्तै अर्गानिक कुखुरा र बंगुरले ननअर्गानिक भन्दा ३३ प्रतिशत थोरै ब्याक्टेरियाको सङ्क्रमण बोक्छन् ।
अनुसन्धानकर्ताहरुले भनेका छन् की दुवै प्रकारको खेतीमा तोके भन्दा धेरै विषादी प्रयोग गर्न पाउदैनन् । तर विषादीका बाँकी अंशले स्वास्थ्यमा असर पार्छ कि पार्दैन भन्ने कुरा पत्ता लगाउन बाँकी नै छ ।

तपाइँको प्रतिक्रिया ।