देउवाले देखाए आफ्नो औकात ..

कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति पाए प्रधानमन्त्रीको दाबी छाड्ने भएका छन्। कार्यबाहक सभापति पाए कोइरालालाई प्रधानमन्त्रीमा सहयोग गर्न उनी तत्पर रहेको निकटका नेताहरूको भनाइ छ।

एकीकृत माओवादी अध्यक्ष पुष्पमकल दाहालले संविधानका विवादित विÈयमा सहमति जुटे राष्ट्रिय सहमतिको नेतृत्व कांग्रेसलाई दिन सकिने बताइरहेका बेला कांग्रेसमा फेरि भित्रभित्रै प्रधानमन्त्री उम्मेदवारको दौड सुरु भएको हो।
बाबुराम भट्टराईको बहिर्गमनको साइत कहिले जुर्ने, निश्चित नभए पनि कांग्रेसमा सभापति सुशील कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति रामचन्द्र पौडेल भट्टराईको उत्तराधिकारी बन्ने होडमा सक्रिय छन्। देउवा भने कार्यबाहक सभापति पाए प्रधानमन्त्री छाड्न तयार देखिएका हुन्।


देउवा निकट केन्द्रीय सदस्य रमेश रिजालले एक व्यक्ति एक पदको अवधारणा सभापति सुशील कोइरालाकै भएको उल्लेख गर्दै भने, ‘सभापतिले पार्टी र सरकार दुवै जिम्मेवारी बहन गर्न सक्नुहुन्न, शेरबहादुरजीलाई कार्यबाहक सभापति दिनुपर्‍यो, उहाँ (शेरबहादुरजी) ले सभापतिलाई प्रधानमन्त्रीमा आफैं प्रस्ताव गर्नुहुन्छ।’
सहमति सरकारको नेतृत्व गर्ने अवसर पार्टीले पाए सभापति कोइराला नछाड्ने मनस्थितिमा रहे पनि उनले प्रधानमन्त्री बन्ने इच्छा सार्वजनिक गरेका छैनन्। पार्टीभित्र आफ्नो पक्षमा वातावरण बनाउन सभापति कोइराला र वरिष्ठ नेता देउवाबीच केही समयअघि देउवालाई कार्यबाहक सभापति दिएर आफू प्रधानमन्त्री बन्ने प्रस्ताव सभापति आफैंले राखेको देउवा निकट एक नेताले बताए।

तपाइँको प्रतिक्रिया ।