महाठग"महाराज" को महाजाल

 धार्मिक कार्यक्रमका निम्ति अमेरिका लैजाने भन्दै लाखौँ ठगीएसएमएस नं १: : मैले पैसा दिन बोलाउँदा तिमी पुलिस लिएर आयौ । त्यसै कारण तिमीले पैसा पाउँदैनौ । जे गर्छ कानुनले, त्यही गर्ने । मेरो बेइज्जत हँुदा कसरी पैसा दिन सक्छु ? म नुवाकोट प्रवचनमा जान्छु । एसएमएस गर भाइ ।

एसएमएस नं २” :
तिमीबाट जस्तो व्यवहार हुन्छ । मबाट पनि त्यस्तै व्यवहार हुन्छ ।

एसएमएस नं ३:

मेरो इज्जतमाथि दाग लाग्यो भने सुका पैसा पनि पाउँदैनौ ।

यस्ता धम्कीपूर्ण एसएमएस पठाउने व्यक्ति हुन्, आफूलाई श्री विष्णु प्रपन्नाचार्यजी महाराज बताउने गेरुवस्त्रधारी विजय भण्डारी। पाउने व्यक्ति नवलपरासी घर भई वनारसस्थित सम्पूणर्ानन्द संस्कृत विश्वविद्यालयका विद्यार्थी केशव भुसाल। आफ्नो फसेको पैसा उठाउन अघिल्लो साता काठमाडौँ आएका भुसाललाई २ भदौ मध्याह्न कथित महाराजले यस्ता धम्कीपूर्ण एसएमएस पठाएका हुन्।

अमेरकिा जाने प्रलोभनमा पैसा फसाउने र भण्डारीबाट धम्की खेप्ने भुसाल एक्ला होइनन्। भण्डारीले अमेरकिामा हुने वल्र्ड गीता म्याराथन, श्रीमद्भागवत, श्रीराम चरतिमानस, गीता प्रवचन, पुराण प्रवचन, कर्मकाण्ड ज्योतिष, योग, आयुर्वेद, वेदपरायण, संस्कृत शिक्षण, गायत्री यज्ञ वाद्यवादन र भक्ति संगीत आदि विषयमा हुने कार्यक्रमका लागि नेपाल र भारतबाट १ सय ८ जनालाई लैजाने भन्दै जनही एक लाख रुपियाँ उठाउने अभियान नै चलाएका थिए।

त्यसका लागि आयोजक संस्थाको सदस्यतासहित ५ लाख ५० हजार रुपियाँ लाग्ने भन्दै उनले पेस्की स्वरूप जनही एक लाख रुपियाँ लिएका थिए। पेस्की लिएकाहरूलाई उनले वितरण गरेको पर्चामा सन् २०१३ अपि्रलमा हुने २९ महिने धार्मिक अनुष्ठानमा सहभागी गराइदिने उल्लेख छ। पर्चामा लेखिए अनुसार विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वल्र्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स (आईडीईसी), इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस (इस्कन)लगायत संस्था आयोजक हुन्।

नेपाललाई प्राप्त इन्टरनेसनल एजुकेसनल कन्फरेन्स (आईडीईसी)को इमेलमा भने ‘महाराज’सँग आफ्नो कुनै चिनजान र सम्पर्क नरहेको उल्लेख छ। उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य आइज्याक ग्रयाभ्सले इमेलमार्फत पर्चामा उल्लेख गरएिका तथ्य झुटो भएको र संस्थासँग आईडीईसीको कुनै आबद्धता र सम्पर्क नरहेको जनाएका छन्।

इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सियसनेस (इस्कन)को नेपालस्थित कार्यालयले पनि अमेरकिामा हुने कार्यक्रममा आफ्नो संस्था आबद्ध नभएको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको नेपाललाई बताएको छ। इस्कनका नेपाल अध्यक्ष राजानुभक्तिदास भन्छन्, “अमेरकिा लैजाने प्रलोभनमा हाम्रो संस्थाको नाम जोडेर गरएिको बदमासी मात्रै हो।” इस्कन नेपालका सचिव केशव आचार्य दासले पनि नेपाललाई आधिकारकि पत्र पठाई अमेरकिा लैजाने भनिएको संस्थासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् (हेर्नूस्, पत्र) ।

यसरी ठगे काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको सामाजिक संस्था श्री मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालका अध्यक्ष रहेका भण्डारीले वनारसका नेपाली विद्यार्थीदेखि काठमाडौँ, नवलपरासी र चितवनसम्मका धार्मिक क्षेत्रमा आबद्ध व्यक्तिलाई ठग्न भ्याएका छन् ।

६ महिनाअघि वनारसस्थित होटल गोधुलियामा महिना दिनसम्म बसेका भण्डारीले नेपाली विद्यार्थीलाई आफू नेपालको प्रसिद्ध गुरु भएको र धार्मिक कार्यक्रमका निम्ति अमेरकिा लगिदिने भन्दै ठगेको पीडितले बताएका छन्। कथित महाराजबाट ठगिने वनारसका चार विद्यार्थीसहित झन्डै २५ जना नेपालको सम्पर्कमा आइसकेका छन्।

गेरुवस्त्र र घाँटीमा रुद्राक्षको माला पहिरेर हिँड्ने भण्डारीले विद्यार्थीलाई आफ्नो सम्मानका निम्ति भव्य कार्यक्रम आयोजना गर्नसमेत अह्राएका थिए। पीडित विद्यार्थी भन्छन्, “अमेरकिा पुगेपछि मनग्य पैसा कमाउन सकिने लोभमा फस्यौँ।” अमेरकिा जाने लोभमा कलेजका शिक्षक, ज्योतिष परष्िाद् नेपालका पदाधिकारी, होटल व्यवसायी, योगगुरुदेखि फाइनान्स कम्पनीका व्यवस्थापकसम्म ठगिएका छन्। पछिल्ला तीन वर्षयता भण्डारीले अमेरकिा लैजाने प्रलोभनमा झन्डै सय जनाबाट जनही एक लाख रुपियाँका दरले उठाइसकेको अनुमान छ। अधिकांशले विष्णुलाई धार्मिक समारोह र कार्यक्रममा भएको भेटकै भरमा पेस्की सुम्पिएको बताएका छन्।

ठगिने धेरैजसो ज्योतिषी र कर्मकाण्डी पण्डित नै छन्। अरूको भाग्य हेर्ने तर आफ्नै भाग्य हेर्न नजान्ने भन्ने आरोप खेप्नुपर्ने डरले उनीहरू सार्वजनिक हुन चाहँदैनन्। एक ज्योतिषी भन्छन्, “आफ्नै पेसाको बदनाम हुने डरले सार्वजनिक हुन गाह्रो भइरहेको छ।” ठगिने सूचीमा योगगुरु चिन्तामणि गौतम र ठमेलमा रसिोर्ट सञ्चालन गरी बस्ने उनकी फुपूका छोरा महाधन पौडेलसमेत छन्।

अनौठो त के छ भने, भण्डारीले आफ्नै संस्थाको उपाध्यक्षसमेत रहेका र आफूसँगै उपवाचकको भूमिकामा लामो समय काम गरेका कमल पौडेललाई पनि छाडेनन्। भन्छन्, “मैले सहोदर दाइ केशव पौडेलका नाममा समेत एक लाख रुपियाँ बुझाएको थिएँ। पछि मात्रै ठगिएको थाहा भयो।” नवलपरासी हर्कपुर घर भएका पौडेल सिनामंगलमा ज्योतिष केन्द्र खोलेर बसेका छन्।

अमेरकिा जाने प्रलोभनमा एकल मात्रै नभई समूहगत रूपमा पैसा बुझाउनेहरू पनि छन्। योगगुरु गौतमसहित अन्य नौ जनाले यसरी समूहगत रूपमा अमेरकिा जाने भन्दै १४ बुँदे सर्त उल्लेखित पत्रमा हस्ताक्षर गरेर नौ लाख रुपियाँ बुझाएका हुन्। त्यसमा भण्डारीसँग निकट रहेर काम गर्दै आएकी काठमाडौँ बानेश्वरकी सीतालक्ष्मी गोर्खाली र भण्डारीले प्रथम पक्षका रूपमा हस्ताक्षर गरेका छन्।

करारनामामा गोर्खालीका नाममा काठमाडौँ गोकर्णेश्वर-९ मा रहेको चार आनामध्येको एक आना जग्गा धरौटी राखिएको छ। पैसा बुझाउनेमा चिन्तामणि गौतम, दीपककुमार शर्मा, दिनेश ढकाल, रमेश सुवेदी, सुरेन्द्र गौतम, हरपि्रसाद गौतम, केशवराज ढकाल, चन्द्रप्रकाश ढकाल, दीपक भट्टराई छन्। मनोज भनिने उमराज ढकाल र उनका बहिनीज्वाइँ लीलाधर शर्मा पौडेल, श्यामबाबु आचार्य पनि ठगिनेकै सूचीमा छन्।

भण्डारीले नेपालबाट क्यानडा र क्यानडाबाट अमेरकिा लैजाने र त्यहाँ मासिक डेढ लाख नेपाली रुपियाँसम्म कमाइ हुने आश्वासन दिएको पीडितहरूको भनाइ छ। काठमाडौँमा हुने हरेकजसो धार्मिक सभा, सम्मेलन र कार्यक्रममा पुग्ने भण्डारीले कार्यक्रममा भेट हुने अधिकांंशलाई आफूले १ सय ८ जनालाई अमेरकिा लैजान लागेको बताउने गरेका थिए।

पेस्की बुझाउनेलाई भण्डारीले परोपकार संघकै नामबाट रसिद काटेर दिएका छन्। तर, उनका कर्तुतबारे संस्थाकै जिम्मेवार पदाधिकारी बेखबर छन्। संस्थाका उपाध्यक्ष कमल पौडेल भन्छन्, “हाम्रो संस्था अघिल्लो साउनमा दर्ता भएको हो। अहिलेसम्म एउटा बैठक पनि बसेको छैन। अमेरकिामा हुने कार्यक्रमको संयोजक भएको कुरा कसरी थाहा पाउनू ?” संस्थामा पौडेलबाहेक भण्डारीका घरपरविार, नातागोता र आफन्त मात्र छन्।

आधा समय नेपाल र आधा समय भारतका धार्मिक स्थल हरद्विार, वृन्दावन र वनारस धाउने भण्डारीको ठगीको यो पहिलो उदाहरण भने होइन। चार वर्षअघि पनि उनी वृन्दावनका विद्यार्थीलाई ठगेर बेपत्ता भएका थिए। आफूलाई नेपाल सरकारले विश्वभ्रमणका लागि निःशुल्क भिसा मिलाइदिन लागेको प्रचार गरेका भण्डारीले तीन महिनासम्म अंग्रेजी भाषाको ट्युसन पढाइदिने भन्दै झन्डै ६० जना नेपाली विद्यार्थीसँग जनही पाँच सय भारतीय रुपियाँ उठाएर महिना दिन पनि नपढाई बेपत्ता भएका थिए।

त्यसरी ठगिएका र केही समयअघि मात्रै नेपाल आएका विद्यार्थी कृष्ण न्यौपाने पनि आफूलाई तारन्तार फोन गरेर अमेरकिा लैजाने प्रलोभन दिइएको बताउँछन्। पेस्की बुझाएलगत्तै अमेरकिाबाट पत्र आउने आश्वासन दिएका भण्डारीले त्यसपछि भने फोन उठाउनै छाडे। एक पीडित भन्छन्, “पैसा माग्दा गुरु रसिाउलान् र अनिष्ट होला भन्ने डरले लामो समय चुप लागियो, कसरी अरूलाई विश्वास दिलाउने भन्ने समस्या पनि पर्‍यो।”

पीडित केशवसँगै गोकुल खनाल र मोरङ घर भई वनारसस्थित मंगलागौरी संस्कृत महाविद्यालयमा पढ्ने गोविन्द आचार्य पैसा उठाउन दुई साताअघि काठमाडौँ आएका थिए। १३ दिनसम्म लगातार प्रहरी कार्यालय र भण्डारीको आश्रम धाएपछि आचार्य र भुसालले पैसा त फिर्ता पाए तर ठगिएको घटना कुनै सञ्चार माध्यममा नदिने सर्तमा ।

केशव र गोविन्दजस्ता भाग्यमानी सबै छैनन्। पीडितलाई भण्डारीले कहिले नुवाकोट त कहिले काठमाडौँबाहिर रहेको भन्दै झुक्याइरहेका छन्। प्रहरी अनुसन्धानमा भने कुलेश्वरदेखि कलंकी आसपास उनको मोबाइल सक्रिय देखिन्छ। पीडित एक शिक्षक भन्छन्, “अमेरकिा जाने लोभमा पैसा फसेको सार्वजनिक भए आफ्नै बेइज्जत हुने डरले घटना सार्वजनिक गर्न समस्या पररिहेको छ।”

सकेसम्म धाकधम्की दिएरै तर्साउने, सकिएन भने लुक्दै भाग्दै हिँड्ने र त्यो पनि नसके बाउन्स चेक थमाएर भण्डारीले आफ्नो कर्तुत ढाकछोप गररिहेका छन्। पैसा फिर्ता माग्न आएका नवलपरासी, भेडाबारीका अनुरोध लामिछानेलाई उनले यसैगरी लामो समयसम्म झुक्याए। बाउन्स चेक पनि थमाए। केही सीप नलागेपछि अघिल्लो साता पैसा थमाएर पठाए।

फसेको पैसा उठाउन वनारसबाट केही दिनको बिदा मिलाएर काठमाडौँ आएका गोकुल खनाललाई पनि भण्डारीले बाउन्स चेक नै थमाए। एक सातापछिको मिति राखेर काटिएको किस्ट बैंकको १०९४३३ नम्बरको चेक आफन्तको जिम्मा लगाएर खनाल वनारस फर्किए। तर, तोकिएको मितिमा बैंक पुग्दा खातामा पैसा नै नभएको भन्दै खाली हात र्फकनुपर्‍यो। जानीजानी बाउन्स चेक थमाउनु कानुनी रूपमा दण्डनीय हुने व्यवस्था छ। खातामा रकम नभएको थाहा हुँदाहुँदै चेक दिएको प्रमाणित भएमा बैंकिङ् कसुर तथा अपराध सजाय ऐन २०६४ को दफा ३ (ग) अन्तर्गत १० हजार रुपियाँसम्म जरविाना हुन्छ।

झुटका पनि ‘महाराज’

मान्छेपिच्छे आफ्नो फरक-फरक परचिय बताउने विष्णुका बारेमा उनकै आफन्तसमेत बेखबर छन्। उनकै आश्रममा बस्दै आएका बीबी शर्मा गुरु भगवान् समान रहेकाले उनको निजी जीवन र इतिहासबारे आफूले मर्यादाका हिसाबले पनि सोध्न नमिल्ने बताउँछन्। अघिल्लो साता नेपाल संवाददाता आश्रम पुग्दा कथित महाराज त थिएनन् नै, उनका झन्डै एक दर्जन चेला बिहानदेखि खाली पेट बसेको र गुरुको दर्शन नगरी प्रसाद ग्रहण गर्न नमिल्ने बताइरहेका थिए।

आफूलाई भगवान्को अवतारका रूपमा प्रस्तुत गर्ने भण्डारीको झुट र ठगीका शंृखलाबद्ध घटना छन्। कसैलाई ब्याङ्लोर पढेको त कसैलाई वनारस पढेको बताउने उनले आफू संस्कृत र अंग्रेजी दुवै भाषामा भागवत गीत्ाा प्रवचनमा दखल राख्ने बताउँछन्। तर, नेपालले उनी कुनै विश्वविद्यालयमा पढेको प्रमाण फेला पारेन। वृन्दावनमा रहेका उनका भाइ हरसिमेत आफ्ना दाजुले पढेको ठाउँ थाहा नभएको बताउँछन्।

कलंकीस्थित आश्रममा उनले राष्ट्रपति रामवरण यादव, कांग्रेस सभापति सुशील कोइरालासँग बसेको फोटोसमेत टाँगेका छन्। आफूकहाँ आउनेलाई उनले आफूलाई राष्ट्रपतिले सम्मान गरेको र कांग्रेस सभापति कोइरालाको घरमा महायज्ञ लगाएको बताउँदै फोटो एल्बम देखाउँछन्। उनी राजधानीमा समेत भाडाको प्राडो, पजेरो, स्कोर्पियोजस्ता महँगा गाडी फेरी फेरी चढ्छन्।

आफूलाई साधु र सन्तका रूपमा प्रस्तुत गरे पनि भण्डारीको जीवनशैली विलासी छ।  कलंकीमा सिंगो घर नै भाडामा लिएर उनले चलाएको आश्रममा झन्डै १० जना नियमित बस्ने बीबी शर्मा बताउँछन्।

थानकोटस्थित अरविन्दो आश्रमका प्रमुख रामचन्द्र दास भनिने चन्द्रमणि भुसाल र आफ्नो तस्बिर सँगै रहेको भिजिटिङ् कार्डमार्फत पनि भण्डारीले धेरैलाई झुक्याइरहेका छन्। भुसाल भन्छन्, “मेरो नाम र तस्बिरको दुरुपयोग गरेको थाहा पाएपछि मैले धेरैपल्ट त्यसो नगर्न चेतावनी दिइसकेको छु। तर, उनले टेरेका छैनन्।”

त्यसो त भण्डारीको सम्बन्ध रहेको भन्दै पैसा फिर्ता लिन सकिने उपायको खोजीमा भुसालको आश्रममा अहिलेसम्म चार जना पीडित पुगिसकेका छन्। भुसाल भन्छन्, “सिंगो धार्मिक क्षेत्रकै बदनामी भइसक्यो।”

भण्डारीले आफू नवलपरासी कावासोतीस्थित राधाकृष्णधामको पीठाधीश रहेको पर्चामा उल्लेख गरेका छन्। नर्मदेश्वर शिवालय मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ बस्ताकोटी गत चैतदेखि भण्डारीकै आग्रहमा उनलाई पीठाधीश बनाइएको बताउँछन्। लामो अन्तरालमा मात्रै आफू पीठाधीश रहेको मन्दिरमा पुग्ने हुनाले भण्डारीबारे व्यवस्थापन समिति नै अनभिज्ञ छ।

भण्डारीले आफूले करकापमा परेर बिहे गरे पनि गृहस्थी त्यागेर सन्न्यासी बनेको आफूहरूसँगको भेटमा बताएको अध्यक्ष बस्ताकोटी बताउँछन्। पैसा उठाउनेहरूसँग भने उनले आफू अविवाहित रहेको र समाज कल्याणमा सक्रिय रहेको बताउँदै आएका छन्। नातेदारका अनुसार गत चैतमा मात्रै भण्डारी छोराको बाबु बनेका थिए। न्वारानको दिन घरमा भोजभतेर गरेका थिए। विवाहित भए पनि उनी आफ्नो नामका पछाडि प्रपन्नाचार्य महाराज लेख्छन्। विवाहित र घरगृहस्थीमा रहेका व्यक्तिले आफ्नो नामपछाडि महाराजको उपाधि झुन्ड्याउनु नियमसंगत मानिँदैन।

विभिन्न पत्रपत्रिकामा उनले आफूले आयोजना गरेका र आफू प्रमुख वाचक रहने कार्यक्रमको विज्ञापन गर्दै आएका छन्। ॐ कार वाणी मासिक पत्रिकाको वर्ष ५ अंक ४ को अन्तिम पृष्ठमा उनले काठमाडौँको शंखमूलमा नेपाल आमाको मन्दिर निर्माण सहयोगार्थ ऐतिहासिक वाग्मती धार्मिक महोत्सव आयोजना गर्ने र त्यसका प्रमुख वाचक आफू रहेको उल्लेख गरेका छन्। जबकि, नेपाल आमाको मन्दिर निर्माण गर्ने अभियान तीन वर्षअगाडिदेखि नै राष्ट्रिय संस्कृति संरक्षण नागरकि समाजले सुरु गरसिकेको छ। सोही अभियान स्वरूप समाजले नेपाल आमाको मूर्तिसमेत तयार पारसिकेको छ। समाजका संयोजक वासुदेव शास्त्री भन्छन्, “हामीलाई नै नसोधीकन हाम्रो योजनालाई बेच्ने काम गरयिो।”

‘महाराज’को सक्कली अनुहार

कथित विष्णु प्रपन्नाचार्यजी महाराज विजय भण्डारी, २४, को मूल घर गुल्मी, धुर्कोटवस्तु-१ हो। घरका जेठा छोरा भण्डारी सात कक्षा पढ्ने बेलादेखि नै ‘जनयुद्ध’मा रहेको नेकपा माओवादीको भ्रातृसंगठन अखिल क्रान्तिकारीमा लागेका थिए। उनका बाबु मनिराम त्यतिबेला माओवादीकै एरयिा कमिटी सचिव थिए। बाबुकै बाटो पछ्याउँदै विजय पनि माओवादी ‘जनयुद्ध’मा सक्रिय भएका थिए।

प्रहरीले खोजीको सूचीमा राखेपछि स्थानीय हिमालय उच्च माविमा आठ कक्षा पास गर्नेबित्तिकै गाउँ छाडेका भण्डारी आफन्तको सहयोगमा श्री अरविन्दो योगा मन्दिर आश्रम, थानकोट आए। आश्रमकै सहयोगमा उनले जावलाखेलस्थित माउन्ट भ्याली स्कुलबाट एसएलसी गरे।

स्रोतका अनुसार आश्रममा रहेको गाडीको टायर चोरेर बेचेको आरोप प्रमाणित भएपछि उनी आश्रमबाट निकालिए। वर्ष दिनभन्दा बढी वृन्दावन र हरद्विारतिर बरालिएर फर्केपछि मात्रै उनले गेरुवस्त्र धारण गरेर आफ्नो नाम श्री विष्णु प्रपन्नाचार्यजी महाराज राखेका हुन्।

अनौठो संयोग त के भने, उनी आश्रमबाट निकालिएकै बखत उनका बाबु पनि आर्थिक अपचलनको आरोप प्रमाणित भएपछि एरयिा सचिवबाट कारबाही स्वरूप निष्कासनमा परेका थिए। त्यतिबेलाका जिल्ला सेक्रेटरीसमेत रहेका पूर्वसभासद् सुदर्शन बराल आर्थिक अपचलनको मुद्दामाथि छानबिन गर्दा दोषी देखिएपछि कारबाही गरएिको सुनाउँछन्। भन्छन्, “त्यसपछि उनले गाउँ छाडे भन्ने सुनेको हुँ।”

गेरुवस्त्र धारण गरेपछि धान्याञ्चल, महायज्ञ, भागवत वाचन र पुराणमा आफूलाई सक्रिय राख्दै आएका भण्डारीले ०६८ वैशाखमा आफैँले झन्डै पाँच लाख खर्चेर कलंकीमा भागवत पुराण लगाएका थिए। माओवादी भएर कारबाही खेपेका उनका बाबु मनिराम अहिले महायज्ञ र पुराणमा छोराको सहयोगीका रूपमा देखिन्छन्। सानैदेखि गाउँमा फट्याइँ र ठगीमा सक्रिय देखिएकाले मनिराम ‘गर्भे वकिल’ भनेर चिनिन्छन्। उनका छोरा भण्डारी नेपालको सम्पर्कमा आउन चाहेनन्।

जनकराज सापकोटा

(साथमा, घनश्याम गौतम/तम्घास, नेपाल )

तपाइँको प्रतिक्रिया ।