देउवाका भनिएकाहरुले प्रकाशमान सिंहले सभापतिमा उठ्छु भन्दा ताली बजाए

देउवाका भनिएकाहरुले प्रकाशमान सिंहले सभापतिमा उठ्छु भन्दा ताली बजाए

12773025_10208848240782821_1125904154_o

कपन अनलाइन/फागुन १०, २०७२
नेपाली विद्यार्थी संघ काठमाडौंले आज एक विशेष कार्यक्रम आयोजना गरी क्षेत्र र जिल्ला अधिवेशनपश्चात चुनिएका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिलाई सम्मान गरेको छ । नेपाली कांग्रेसका महामन्त्रि प्रकाशमान सिंह प्रमुख अतिथि तथा नेता सशांक कोइराला विशिष्ट अतिथि भएको कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ६ का सभापतिबाहेक सबै क्षेत्रीय सभापतिलगायत ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु उपस्थित थिए । चुनिएर आएका प्रतिनिधि तथा सभापतिहरुलाई बधाई तथा सम्मान प्रदान गर्ने क्रममा बोल्दै विपिपुत्र सशांकले आफू पार्टीको हितका लागि अभिमन्यू बन्नु परे पनि तयार भएको बताए । उनले अभिमन्यू बन्छु भन्दा हलमा ताली गुुन्जिएको थियो । तर उनले यो अभिमन्यू हुन्छु भनेको केहो ? चाहिँ खुलाएनन् । शेरबहादुर क्याम्पबाट महामन्त्रि पदमा उठ्ने हल्ला चलिरहेको बेला भएको यो भेलामा प्रकाशमान सिंह सभापति तथा सशांक महामन्त्रि पदमा उठ्ने सम्भावना खोजिएको मानिएको छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ कांग्रेसमा सबैभन्दा पावरफुल मानिने मानिने महामन्त्रि प्रकाशमान सिंहले १३ औं महाधिवेशनमा सभापतिमा उठ्ने संकेत दिए । उनले यस्तो संकेत दिइरहँदा भेलामा सहभागिहरुले लामो ताली बजाएर सिंहलाई सम्मान गरे । यसरी ताली बजाएर सम्मान गरेर गर्नेमा देउवा पक्षीय भनेर क्षेत्रीय सभापति जितेका काठमाडौंका ५ जना क्षेत्रीय सभापतिहरु पनि थिए । क्षेत्रीय सभापतिका तर्फबाट बोल्दै क्षेत्र नं. २ सभापति उपेन्द्र कार्कीले अधिकांश समय प्रकाशमान सिंहको प्रशंसामा नै बिताए । कार्की देउवा पक्षीय मानिन्छन् । क्षेत्रीय अधिवेशनमा कमजोर प्रदर्शन गरेका प्रकाशमान सिंहका उम्मेदवार सबुज बानियालाई देउवा पक्षीय भनिएका सबैले सहयोग गरेर जिताएपछि एकएक प्रकाशमान सिंहको शक्ति बढेको महशुस भएको छ । देउवा पक्षीय भनिएका क्षेत्रीय सभापतिहरु एकाएक प्रकाशमान सिंह सभापति उठ्छु भन्दा ताली बजाउन बाध्य हुनु पछाडिको रहस्य बिस्तारै खुल्दै जाला ।

तपाइँको प्रतिक्रिया ।