बुनपा १२ मा रिता बुढाथोकी बिजय निश्चित, वडा नं.१४ कमला खनालको दावी

बुनपा १२ मा रिता बुढाथोकी बिजय निश्चित, वडा नं.१४ कमला खनालको  दावी

कपन अनलाइन/माघ ११, २०७२

सर्वसम्मतको नाममा केुनै अदृष्य खेल भएन भने बुनपा वडा नं. १२ को महिला क्षेत्रीय प्रतिनिधिको रुपमा यस वडाकी सक्रिय महिला रिता बुढाथोकी विजयी हुने संभावना देखिएको छ । इकाई महाधिवेशनको तिथि निजिकिँदै गर्दा पुरुष क्षेत्रीय प्रतिनिधिहरुमा कसको बिजय भनेर यसै भन्न नसकिएको अवस्थामा यस वडामा महिला प्रतिनिधिको रुपमा संभावित उम्मेदवारमध्यै पुपलर मानिने रिता कपन क्षेत्रकी सशक्त महिला नेतृ हुन् । बिभिन्न सामाजिक कृयाकालाप, योग तथा आध्यात्मतिरसमेत सक्रिय रिता बुढाथोकी नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा उम्मेदवार भएर पराजित भएकी थिइन् ।

बुनपा वडा नं. १२ का करिब आधासय क्रियाशिलहरुमध्येबाट रिता बुढाथोकीलाई हालसम्म महिला प्रतिनिधिमा टक्कर दिने उम्मेदवार नदेखिएको एक क्रियाशिल सदस्यले बताए । यद्यपि सोही वडाकी मिना पराजुलीले रिता बुढाथोकी बिरुद्ध उम्मेदवारी दिन सक्ने सम्भावना रहेको श्रोतको दावी छ । श्रोतका अनुसार पपुलारिटीका आधारमा रिता बुढाथोकीको संभावना बढि भएकाले मिना पराजुली नगर अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि बन्ने सम्भावना धेरै रहेको एक सदस्यले बताएका छन् ।

यसैबीच कपन अनलाइनमा वडा नं. १४ मा मन्जु खतिवडा सर्वसम्मत हुनसक्ने समाचार प्रकाशितपश्चात वडा १४ की महिला कमला खनाल बोगटीले आफू बुथमा उम्मेदवार हुने बताएकी छिन् । उनी कुन प्यानलबाट उम्मेदवार हुने कुरा अझै सार्वजनिक नभए पनि क्रियाशिलहरुको घरघरमा गएर भोट मागेको बताइएको छ । सामाजिकरुपमासमेत सक्रिय कमला खनाल बोगटी कपनमा बसेर फोटो तथा भिडियो व्यवसाय गर्दै आएकी छिन् ।

तपाइँको प्रतिक्रिया ।