सन्तोष भण्डारीको आपत्ति

सन्तोष भण्डारीको आपत्ति

IMG_7981कपन अनलाइन/माघ ११, २०७२

बुनपा वडा नं. १९ अन्तर्गतको बुथ तथा इकाईमा सर्वसम्मत हुने समाचार प्रकाशित भएपछि हाल वडा नं. १९ का इकाई संयोजक सन्तोष भण्डारीले आपत्ति जनाएका छन् । उनले प्रतिक्रिया जनाउँदै आफ्नो वडामा सर्वसम्मत नभएको बताए । आफू इकाई सभापतिको दाबी गरिरहेको पनि उनले बताए । हारजीत भनेको नतिजा आएपछि थाहा हुने विषय भएकाले अहिले नै सर्वसम्मत भएको भनेर कोही अमुक पात्रले भनेको भरमा सर्वसम्मत नहुने उनको भनाई थियो । कपन अनलाइनसँग टेलिफोन वार्ता गर्दै भण्डारीले आफू बिरुद्ध षडयन्त्र भएको बताए ।

तपाइँको प्रतिक्रिया ।