प्लास्टिकको झोला प्रतिबन्ध कार्यान्वयन भएन

प्लास्टिकको झोला प्रतिबन्ध कार्यान्वयन भएन

काठमाडौँ, २ पुस । सरकारले नयाँ वर्षदेखि प्लास्टिकको झोला प्रतिबन्ध भएको घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ उपत्यकामा प्लास्टिक झोलाको कारणले प्रदूषण बढेको भन्दै सरकारले नयाँ वर्षदेखि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएकोे थियो । भूकम्प र त्यसपछिका परकम्पले अनुगमनमा बाधा पु¥याएको लगत्तै भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले इन्धन अभाव भएर काम गर्न नसकिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्र गुरुङले जानकारी दिनुभयो ।

गुरुङले उद्योग मन्त्रालय, नेपाल प्रहरी र अनुगमनका प्रतिनिधिलाई जानकारी गराएर अनुगमनको काम चाँडो अगाडि बढाइने बताउनुभयो ।

उहाँले अहिले पनि धेरथोर प्लास्टिकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको र जफत गरिएका प्लास्टिकलाई परिणामका आधारमा रु पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गर्न लगाएको बताउनुभयो । यस्तै मन्त्रालय काठमाडौँ उपत्यकाको धुवाँ, धुलो कम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ । उहाँले काठमाडौँको वातावरणका बारेमा जानकारी लिन काठमाडौँका चोक चोकमा नियमन गन यन्त्र राख्न लागिएको जानकारी पनि दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।