प्रेस सल्लाहकारमा श्रेष्ठ नियुक्त
काठमाडौँ, २ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको प्रेस सल्लाहकारमा पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठ नियुक्त हुनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सहप्रवक्ताको जिम्मेवारीमा रहनुभएका श्रेष्ठलाई सो जिम्मेवारी प्रदान गरिएको पार्टीका नेता देवेन्द्र प्रधानले जानकारी दिनुभयो ।
विसं २०५२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा रही राजनीतिक गतिविधि गर्दै आउनुभएका श्रेष्ठ सो पार्टी पुनःगठन भएपछि विसं २०६२ देखि आबद्ध रहँदै आउनुभएको छ ।
पार्टी अध्यक्ष थापाको प्रेस हेर्दै आउनुभएका श्रेष्ठ रेडियो नेपालबाट प्रसारण हुने घटना र विचारका प्रमुखसमेत रही कार्य सम्पादन गरी सक्नुभएको छ ।
तपाइँको प्रतिक्रिया ।