दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठ साथ : पदम दाहाल

दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठ साथ :  पदम दाहाल

कपन अनलाइन
काठमाडौं कात्तिक १४।

बिदेसै पुगेकाफिरून् यो दसैँमा
स्वदेसै बसेका रमाऊन् रसैमा !
घरैआँगनीत्यो खुसाओस् प्रगाढ
दसैँमान्नपाऊँ सधैँ ज्येष्ठसाथ ।१।

हजारौँ सखीकाजुनीबासमाहुन्
सबै वृद्ध दिक्दार जो आँतमाहुन् !
दसैँले सिलाओस्शुभेच्छा हमेशा
दसैँमान्नपाऊँ सधैँ ज्येष्ठसाथ ।२।

महापर्वणीमा जुरोस् भेटघाट
भवानी प्रसन्नै हऊन् मिल्छ लाख ।
सदा स्नेह गाँसौँ नहोऊन् अस्वस्थ
दसैँमान्नपाऊँ सधैँ ज्येष्ठसाथ ।३।

बफादार मिष्ठान्न ल्याऊन् कसेर
सदाचार आधार लेऊन् बसेर ।
भुरा बालबाला रमाऊन् समस्त
दसैँमान्नपाऊँ सधैँ ज्येष्ठसाथ ।४।

हराऊन् नआऊन् व्यथातीविलाप
विवेकीबनीनित्य जोडौँमिलाप ।
गरूँवन्दनाश्रेष्ठ हुन् तन्दुरुस्त
दसैँमान्नपाऊँ सधैँ ज्येष्ठसाथ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।