परदेशीको दशैँ : पर्वत राज रखाल
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
के दशैं, के तिहार आमायहाँ परदेशीलाई,
के रात अनि के दिनयहाँ परदेशीलाई,
के घाम अनि के छहारी आमायहाँ,
यो अभागी र दुःखी परदेशीलाई ।
यसै बित्छ आमा यो परदेशमा,
वर्ष दिनमाआउने चाडबाड पनि,
यसै बित्छ घरको यादमाकयौँदिन–रात
सँगै, वर्ष दिनको दशैँ र तिहार पनि ।
याद आउँछ अझै आमा ! यहाँ,
गाउँघरको पिङको मच्चाई अनि,
साथीभाइ सँगको गफगाफ र रमाइलो,
यताएक्लो कोठामा हुन्छ यो मन धमिलो ।
वर्षदिनको चाडबाडमा घर आउननपाउँदा,
साह्रै याद आउँछ आमा ! गाउँघरको क्षण,
झन् बिझाउँछ साथीभाइले सामाजिक–
सञ्जालमा, ‘ह्याप्पीदशैँ’ को स्ट्याटस हाल्दाझन् ।
यस्तो रमाइलो पर्वमापनि घर फर्कन नपाउँदा,
यो मन खिन्नभई दुख्छ आमा,
भक्कानिन्छ यो मन यहाँ,जबउता
साईतको टीका लाउने समय हुन्छ झन् ।
उता टीका लाउने बेलामा,आमा !
यताकामगर्न जानुपर्छ,
कामगर्दैगर्दा पनियहाँ,
घरपरिवारको यादझल्झल आउँछ ।
यो वर्ष त यस्तै भयो आमा !
अर्कोवर्ष पक्कै फर्की आउनेछु,
आफ्नै देशमा सुन्दर भविष्यबनाई,
घरकै आँगनमा खुसीको गीत गाउनेछु ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
