चार मुक्तक : भोज विवश मगर

चार मुक्तक :  भोज विवश मगर

कपन अनलाइन
काठमाडौं कात्तिक १४।
रातो टीका जमराको साथबोकीआयो दशैँ
आँगनभरि खुसीअनिहर्ष उल्लास छायो दशैँ
द्वेषअनि घमण्ड फालेर सब एकजुट भई बस्न,
भाइचारा र एकताको नयाँ सन्देश पायो दशैँ ।

मान्यजनको आशिष नै ठुलो सर्व लाग्छ मलाई
दशैँहाम्रो संस्कृतिहो यसैमागर्व लाग्छ मलाई
टाढा रहेका मान्छे पनिआफ्नै घर फर्किँदा त,
आत्मीयता जोड्ने गजब यो पर्व लाग्छ मलाई ।

कसैकालागिआँसु कसैकालागिभित्रमात्रहोस्
चाडपर्व सबैकालागि एउटै सुन्दर चित्रमात्रहोस्
ऋण काढेर नै तडकभडक अनिदेखावटी नगरौँ,
दशैँ त केवल प्रेमर सद्भावको पवित्रमात्रहोस् ।

दुःखीको यो झुपडीमा खुसीको बहार ल्याउँछ दशैँले
आँगनभरि माटो अनिप्रीतको सिँगार ल्याउँछ दशैँले
भुलेर पीडा बेदनाआपसमाअँगालोमाबाँधिनलाई,
भाइचाराले सजाएको एक नयाँ संसार ल्याउँछ दशैँले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।