ओल्ड इज गोल्ड : भलामी भोला (निबन्ध)

ओल्ड इज गोल्ड : भलामी भोला (निबन्ध)

कपन अनलाइन
काठमाडौं कात्तिक १४।

तपाईँलाई यो शीर्षक देख्दाअचम्मलाग्ला ।नेपालीमाहुनुपर्नेशीर्षक अङ्ग्रेजीमा राखेर यसले भाषाको मानमर्दन ग¥यो भन्ने तपाईंको मनमाप¥यो होला ।मलाई पनिहतपतकहाँ यो शीर्षक राखेर निबन्धलेख्ने जाँगर आउँथ्यो र । घरमा रहेको सिलबरे डेक्चीलाई मैले झट्टयाउनलाग्दाआमाले ओल्ड इज गोल्ड भनेर प्रशंसा गरेपछि मैले यसको शिरोधार्य गरेको हुँ ।आमाले नै फलाक्नथालेपछि मैले त्यसको अनुशरण गर्दा के नै फरक पर्ला रआमाकै लहैलहैमालागेर मैले पनिलेखिदिएँओल्ड इज गोल्ड ।
कहिल्यै दाँतनमाझ्ने उकाला बेसीको खत्री कान्छो थुतुनामाबाँकी रहेकादुईवटा पहेँलादाँतदेखाउँदै तेरा सुनकादाँत छन् भन्दै आफ्नै नातिसँगजिस्किरहेछ ।पित्त रोगलागेर चित्तदुखाई बसेको खाँदबारेको छोरो नयाँघरे कान्छोसँगदिनहुँ सुनकै सुची गरिन्छ भनेर फुटनी गरिरहेछ ।हाम्रै बारी कान्लामाफुल्ने सयपत्रीफूलआफू मेरीगोल्ड भएपछि महङ्गीको मारमा परेर ओइलिएको महसुस गर्दोछ । सुनसँगजोडिने सुनार स्वर्णकार हुन् वा सुनौली सुन्ताखान सुनकोशी सुनारपानीआफूसँग एक लाल सुन नभएपनि सुनकै श्रीपेचलगाएसरी ओल्ड इज गोल्ड छन् ।
बाह्र सालमाजन्मेकीआमाले नेपाली वर्णमालाका वर्ण बढार्न नसके पनिअङ्ग्रेजीको तीनशब्दे ओल्ड इज गोल्डले मेरो मस्तिष्कको कसिङ्गर बढारेपछि मलाई लेख्न करै लाग्यो छोरोभन्दाआमै ओल्ड इज गोल्ड ।
मलाई सोध्न मन थियो यसको अर्थ आमासँग । मेरो उमेरभन्दादोब्बर उमेरले जेठी भएर धेरै चोला फटाएकी आमालाई यसको अर्थ सोधेर उनको वचनमा बाण हान्न मन लागेनमलाई ।उनलाई सोध्नपाएको भएमैले के नै सोध्थेँहोलार ।आमाओल्ड भनेको के ?गलामागोल्डका गहनालगाउननपाएकी मेरी आमाले ओल्डको अर्थ के सुनाउँथिन् त्यो पनिगर्भभित्र नै रह्यो ।
अङ्ग्रेजी भाषाबाट नेपालीभाषामापदार्पण भएको यो शब्दले नेपालीहरूको मस्तिष्कमाकाउकुतीलगाइदियो । त्यसैले नेपालीभाषालाई अँगालो हालेर मुस्कुराइरहेको छ, ओल्ड इज गोल्ड ।
कोहीअङ्ग्रेजी वर्णमालामाकालो अक्षर भैंसी बराबर भएत्यसको जिब्रोले कम्तिमादिनको तीन चार पटक ओल्ड इज गोल्ड फटारेकै हुन्छ ।ओल्ड इज गोल्डको नेपालीअनुवादखोज्दै जाँदा पुरानो नै सुन भन्ने अर्थ लाग्दो रहेछ ।नेपालीभाषाको उल्थाभन्दा त अङ्ग्रेजीभाषामा नै यसको आत्मीयतामौलाएको देखिन्छ दुबो मौलाएझैँ ।
बिसौँ शताब्दीदेखि पश्चिमी समाजमा जरा गाडेको यो शब्दले नेपालीआँगनमापनिखुट्टो घुमाएर राम्रैसँग जरा गाडेको छ । यो शब्द रसिलो,झरिलो र अनुप्रास मिलेको छ । लय र बान्कीको खान्कीपोटिलो छ । पुरानो बाजेको पेडाको पसल जस्तो ।नाम सुन्दै मुखरसाउने । घरै बसाउने ।
आमाले ओल्ड इज गोल्ड भनेपछि मैले कोल्ड हुँदै सोचेँ । गोल्ड त घरभित्र सुरक्षित हुन्छ भएनभने संरक्षण गर्न बैंकको लकरमा राखिन्छ ।पूजा गरिन्छ ।धनधान्यवृद्धिका लागिदेवीलक्ष्मीसँगप्रार्थना गरिन्छ ।अग्रजलाई गोल्ड मान्नपाए वृद्धाश्रम तिर डो–याउनै पर्दैन । निष्ठुरी बन्नै पर्दैन ।सबै टल्कने वस्तु सुन होइनभनेर विज्ञापन पढेको जमानाको मान्छे म ।आमाकालागि पुरानो त उनको बालापनथियो त्यो गोल्डसँगतुलनाहोलानहोला ।गोल्डसँगतुलनाहुने भएकहाँहोल्ड भयो उनलाई त्यो पनिथाहाछैन ।
उनको वैश उमेर त्यसैगरी होल्ड भयो । जसरी सरकारी फाँटमा सेवाग्राहीको फाइलहोल्ड भएको पत्तो हुँदैन । उनले सम्हाल्ननभ्याउँदै उनको केशले रङ छोडेर बदलियो ।अनुहारको पोटिलो छाला मुजा परेर ग्लोबमाअङ्कितनक्साजस्तै भए ।उनकापिज्जाखाने दाँतलाई ओल्ड भन्ने कि गोल्ड भन्ने तिनले पनिगिजा छोडेर बिदाहुने तरखर गर्दैछन् ।आँखामामोतीलागेर त्यसको ज्योतिकताबतासियो उनले अहिलेसम्मकेहीभेउपाउन सकेकी छैनन् । तर पनिउनीबोल्दैछिन् “ओल्ड इज गोल्ड ।”
हामीले ओल्ड इज गोल्ड भनेको सिंहदरबारका पर्खालमाकिनधुवाँको मुस्लो नाच्यो ? नारायणहिटी को श्रीपेचशिरबाट किनझर्नु प–यो ।हामीले ओल्ड इज गोल्ड भनेका धर्मले एकअर्कालाई दोषारोपण गरेर किन रगतको होलीखेल्नुप–यो ? म जैरेले टाउकाको कैलो कपालकन्याउँदै ध्यानगर्दा गुण भरिएको वस्तु मात्रै गोल्ड हुने रहेछ ।ओल्ड त हाम्राविगतहरू रहेछन् ।हाम्रो संस्कृति, परम्परा, भेषभुषा रहेछन् ।केशमा परदेशको लेप दलेर भेपको धुवाँ उडाउँदै हिँड्ने पुस्तालाई ओल्ड इज गोल्डको अर्थ के थाहा ।
विचार गरी ल्याउने हो भने आगोलाई ओल्ड भन्ने कि खरानीलाई ।जन्मलाई भन्ने कि मृत्युलाई ।दिनलाई भन्ने कि रातलाई ।सपनाओल्ड हो कि बिपना?यसको अर्थ खोतल्दै जाँदाकहिले नसुल्झिने प्रश्नमापुगेर मथिङ्गलझन्झनाउने रहेछ । अण्डा पहिले कि चल्ला? वर्षातको पानीलाई ओल्ड भन्ने कि नदीको पानीलाई । यस्ता अनगिन्ती सवालको जवाफनभेटेपछि मलाई लाग्यो ओल्ड इज गोल्डको किस्सा पृथ्वीलोकमाहामीलाई गज्याङगुजुङपार्न आएको हुनुपर्छ ।
मलाई लाग्यो हाम्रा मठ मन्दिर, सङ्ग्रहालय, सार्वजनिक सम्पत्ति सबै ओल्ड इज गोल्ड हुन । पुस्तकालयमा रहेका पुस्तकदेखि ऐतिहासिकदस्तावेजका साथै हाम्रो धोती, टोपी, लुङ्गी र चोलीओल्ड इज गोल्ड हुन । घरभित्रका सुन, चाँदीतामाका खड्कुला, गाग्री, करुवाझर्काका थालपनिओल्ड इज गोल्ड नै हुन् ।जसले सभ्यता बचाउँछ त्यहीओल्ड हो, त्यहीगोल्ड हो । म बकमफुस्रेको फुस्रे तर्कमाआफ्नो समयलगानी गरी मलाई भेट्न खोज्ने तपाईंका लागि म पनि त ओल्ड इज गोल्ड त हुँला ।पुर्वजकावचन, व्यवहार, अनुभव, इतिहास सबै ओल्ड इज गोल्ड हुन ।आमाले अंशमापाएको सिलबरे डेक्चीभन्दामैले अंशमापाएकीआमा नै ओल्ड इज गोल्ड हुन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।