चार मुक्तक : ऋषिराम भुसाल

चार मुक्तक :  ऋषिराम भुसाल

कपन अनलाइन
काठमाडौं कात्तिक १४।
कसैको मनोभावना सँग कोही पनि खेल्नहुन्न
ओरालो लागेकोलाई मद्दत गर्नेहो ठेल्नहुन्न
परिस्थितिले नै बारबार पेलेको छ मान्छेलाई,
आफू बलियो छु भनेर कमजोरलाई पेल्न हुन्न ।

ससुरालीको घरभन्दा अन्त गामतिर ध्यान भएपछि
प्रचलित संस्कार भन्दा तामझामतिर ध्यान भएपछि
ससुरालीसँगको ज्वाइँको सम्बन्ध के राम्रो होला खै ?
सासू ससुरातिरभन्दापनिखामतिर ध्यान भएपछि ।

शहरमाचिसो वायु चल्ने चौतारो,पीपल र बर कहाँपाउनु
निद्राले लठ्याए पनि मस्तसँग सुत्ने शान्त घर कहाँपाउनु
गाउँको सुन्दरता छोडेर सपनादेख्दै शहरतिर छिरेकाले,
प्यासमा पानी मात्र पाए धेरै हुन्थ्यो,दूधको तर कहाँपाउनु ।

बाँचुञ्जेल सुख र दुःख सबै ब्यहोर्दै कर्म क्षेत्रमा जुट्नु पर्छ
फाँटेको मनलाई आशाको सिन्कोले भएपनि खुट्नु पर्छ
मान्छेको जिन्दगी त बसपार्कको बस जस्तै अस्थायी न हो,
पालो आएपछि बसपार्कबाट बस छुटे झैं गरेर छुट्नु पर्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।