दशैं : बुद्धिमान महर्जन
कपन अनलाइन
काठमाडौं कात्तिक १४।
दशैंको रमझम,
बजारमा रौनक,
पैसासँगलुगा साटे,
लुगासँगदशैं साटे,
आखिर दशैं न हो—
यस्तै बेलाखसी काटे !
प्रकृतिकाशृङ्गारहरू हरेक चाडमा मर्नुपर्ने,
एक मुठी घाँस बढी खाननपाई
अरूकै सिकार बन्नुपर्ने !
शिरमासिउर सजाउननपाउँदै,
पखेटा फिँजाई उड्न नपाउँदै,
खुलाआकाश छुन नपाउँदै,
कुखुराले बलिवेदी चढ्नुपर्ने !
अचानोले खुकुरीको चोट सहनु पर्ने –
कस्तो विडम्बनाको कथा !
के यो प्रकृतिको नियमहो कि,
मानवभित्रको दानवीयप्रवृत्ति?
आफ्नै मनोरञ्जनकालागि –
प्रकृतिमाथिप्रहार गर्ने कस्तो सभ्यता,
कस्तो संस्कृति?
हरेक चाडमा रगतको छिटाले,
धरतीको छाती रङ्गिएको छ ।
निर्दोष प्राणीको चीत्कारमाथि,
मानवको खुसीगुञ्जिएको छ ।
कसले सुन्छ तिनको आर्तनाद?
र कसले बुझ्छ तिनको व्यथा?
ए मानव !
अब कुनहदसम्मझर्नेहो ?
आफ्नो इच्छाको सामु,
प्रकृतिलाई कहिलेसम्म हराउने हो ?
तिमीलाई जस्तै बाँच्ने रहर,
अरू प्राणीलाई पनि छ,
र तिमीलाई जस्तै जीवन प्यारो,
तिनलाई पनिछ ।
तिम्रो उत्सवमा –
उनीहरूको अन्त्य,
कस्तो संस्कृतिको पहिचानहो ?
दशैंतिम्रो खुसीको पर्व हो,
कसैको मृत्युको उत्सवहोइन –
रगतले होइन, करुणाले रङ्गियोस् टीका,
मानवताबाँच्नु नै –
संस्कृतिको साँचो विजयहो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
