चार मुक्तक : पूर्ण बहादुर मल्ल
कपन अनलाइन
काठमाडौं असोज २०।
पूजा गरि बसिरहे सधैं भगवान मानेको हो
अन्धभक्त बनेर लाखौंमा एक छानेको हो
बारम्बार चुकेको छु म तिम्रो हरेक प्रहारमा,
तिमीले त मलाई ताकि ताकि हानेको हो ।
कोही मैलो बनाएर त कोही धोएर सताउँछन्
हासी हासी आँखामा बस्छन रोएर सताउँछन्
बाटो वरिपरि फुलेको फूल रहेछ यो जिन्दगी
आहा ! कती सुन्दर छ भन्दै छोएर सताउँछ्न् ।
फाटेको मन राखेर बसेकोछु सिउने नभएर हो
मर्न कसले चाहन्छ चाहाना जिउने नभएर हो
सागरमा विलीन हुने रहर कहाँ थियो र मेरो,
बग्ने थिएन अञ्जुलीमा राखी पिउने नभएर हो ।
स्वार्थ लुट्नकै लागि अचेल सेवा अनि सत्कार हुन्छ्न्
गाउँका दिनभन्दा बढी सहरमा रात चमत्कार हुन्छ्न्
विश्वास र भरोशा शब्द हटाए हुन्छ्न् शब्दकोश बाट
हेर्नुस् त यहाँ आफन्त आफन्त बाटै बलत्कार हुन्छ्न् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
