चार मुक्तक : लोकराज शर्मा
कपन अनलाइन
काठमाडौं असोज २०।
मान्छेको चरित्र अनि हृदय पबित्र हुनु पर्छ
भगवानको भक्ती सधै मन भित्र हुनु पर्छ
हेर सुखमा साथ दिनेहरूको कमी नहोला,
आपतमा साथदिने असल मित्र हुनु पर्छ ।
म अभागी तिम्रो भाग्य बिगार्न आउदिन सानू
गल्ती गरिसके भो अब सपार्न आउदिन सानू
मेरो आवश्यकता नपरोस तिमीलाई कहिल्यै,
दुःखित छु तिम्रो सामु आँसु झार्न आउदिन सानू ।
तिमीले जान्छु भन्यौ आँसु रोक्न सकिन मैले
बिछोडिएको पिडाको भारी बोक्न सकिन मैले
असहीय हुदोरहेछ कसैको प्रतीक्षा गरेर बस्नु,
पछुतो भयो समय सिमा तोक्न सकिन मैले ।
भत्कायौ आफै बसेको यो मनको मन्दिर पाप लाग्नेछ
दुश्मनका अगाडि झुक्ने बनायौ मेरो शिर पाप लाग्नेछ
मैले तिम्रा खुशीका लागि आफैलाई रित्याएको हुँ प्रिया,
आज तिम्रै कारण भएको हुँ यसरी फकिर पाप लाग्नेछ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
