चार मुक्तक : कपिल किशोर घिमिरे

चार मुक्तक : कपिल किशोर घिमिरे

कपन अनलाइन
काठमाडौं असोज २०।
नभई कोसेली लान पाइनँ लान पाइनँ
बाटो बन्द भो तीजमा माइत जान पाइनँ
एक्कासी आएको बाढीले निकै पिर पा¥यो,
जनधनको क्षतीले तीजको भान पाइनँ ।

छियाछिया भएको छ आजकल मेरो मन
निको भएकै छैन बरु बढेकै छ झन्झन
नकारात्मक अर्थ लगाउनेहरूले पीडा दिँदा,
पीडाले हरदम दुखेकोदुख्यै गर्छ मनतन ।

कसैले गरेनौ म गर्छु सबै काम भनेका हौ
कामले हैन कुराले मन जितेर राम बनेका हौ
गालीले ताली पाउन निक्कै सजिलो छ हजुर,
भनिदेऊ के के ग¥यौ कामका लाम गनेका हौ ।

मिठा नारा लगाउनेको काम साह्रै धमाल छ
मल, ग्यास जतासुकै जहाँसुकै फालाफाल छ
बेकारमा बदनाम गर्न पाइन्न छैन भन्ने झोले हुन्,
स्वर्ण युग हुनाले महङ्गी छैन सस्तो भात दाल छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।