औषधिका तीन सय गाडी नाकामा थन्किए

वीरगन्ज, ३ मङ्सिर । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज नजिकै भारतीय सीमामा सयौँको सङ्ख्यामा औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका मालबाहक गाडी थन्किएका छन् ।

औषधिको आयातमा आएको रोकावटका कारण यस क्षेत्रमा अत्यावश्यक औषधिको अभाव समेत हुन थालेको छ । भारतबाट औषधि र औषधिजन्य कच्चा पदार्थ लिएर वीरगन्ज नाकामा आइपुगेका मालबाहक गाडी मधेसकेन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाका जामका कारण गन्तव्यसम्म पुग्न नपाएपछि भारतीय सीमामा नै थन्किएका हुन् ।

औषधिको आयात हुन नसकेपछि अहिले शल्यक्रिया तथा मुटुरोगसम्बन्धी औषधिको अभाव सुरु भएको छ । शल्यक्रिया गर्दा प्रयोग हुने उपकरण, स्लाइन तथा हृदयाघात हु“दा प्रयोग हुने औषधि तथा अक्सिजनको अभाव भएको व्यवसायी बताउ“छन् ।

“नेपालका लागि आयात गरिएका ३०० भन्दा बढी औषधि र औषधिजन्य कच्चा पदार्थ बोकेका ट्रक सीमावर्ती भारतीय सहर रक्सौलमा थन्किएका छन्” – नेपाल औषधि व्यवसायी महासङ्घका उपाध्यक्ष प्रकाश खण्डेवालले भन्नुभयो – “औषधिजस्तो अत्यावश्यक जीवन रक्षक वस्तु लामो समयसम्म सीमा क्षेत्रमा रोकि“दा असमान तापक्रमका कारण गुणस्तरमा समस्या आउन सक्ने हु“दा यसतर्फ सबै पक्ष अत्यन्त संवेदनशील हुनुपर्छ ।”
मानवीय जीवनका लागि अतिआवश्यक पर्ने औषधि बोकेको ट्रक नेपाल भित्रिन नसक्नु ज्यादै दुःखद अवस्था हो भन्दै उपाध्यक्ष खण्डेवालले तीन महिनादेखि रक्सौलमै थन्किएका औषधि बिग्रने सम्भावना उच्च रहेकाले आयात गरिएका केही ट्रकको औषधि रक्सौलमै गोदाम भाडामा लिएर राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

भारत र तेस्रो मुलुकबाट आयातीत अधिकांश औषधि वीरगन्ज भन्सार नाका हु“दै नेपाल भित्र्याउने गरिन्छ । “आयातीत सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले औषधि उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुन सकेको छैन” –खण्डेवालले भन्नुभयो – “औषधिजन्य कच्चा पदार्थ सीमावर्ती भारतीय नाकामा रोकिँदा वीरगन्ज पथलैया औद्योगिक करिडोरका अधिकांश औषधि उद्योगको उत्पादनसमेत ठप्प भएको छ, औषधि उत्पादन ठप्प हु“दा उद्योगी, व्यवसायीका साथै आमउपभोक्ता पनि मारमा परेका छन् ।”

सरकारले औषधि उद्योगलाई आवश्यक पर्ने इन्धन र आन्तरिक पारवहनमा सहजीकरण गरिदिएमा औषधि अभाव हुन नदिने जिकिर औषधि उद्योग सञ्चालकको छ । “औषधि उद्योगलाई प्राथमिकताका आधारमा इन्धन उपलब्ध गराउनुपर्छ”, नेपाल फर्मास्युटिकल्स प्रालिका सञ्चालक अरविन्द अमात्यले भन्नुभयो – “अहिले उद्योगी–व्यापारी दोहोरो मारमा परिरहेको हु“दा सरकारले तत्काल बाटोमा उठेका समस्याको सामाधान खोजी मुलुकको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ ।”
सञ्चालक अमात्यले औषधिको अभावमा तत्कालै कुनै पनि नेपालीले मर्नुपर्ने अवस्था भने नरहेको बताउनुभयो ।

नेपालमा स्लाइन, एन्टिबायोटिक, सोडा बायो कार्बोनेट, पोटासियम क्लोराइड, एट्रोमिन तथा सुईजन्य औषधिको भण्डारणमा कमी देखिएको चिकित्सकको भनाइ छ । नेपालमा वार्षिक करिब रु ३५ अर्ब मूल्य बराबरका औषधि भारत र तेस्रो मुलुकबाट आयात भइरहेको नेपाल औषधि व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार विदेशबाट आयातीत औषधिमध्ये ५५ प्रतिशत औषधि भारतबाटै आउने गरेका छन् । भारतबाट आयात हुने भारतीय उत्पादनका औषधि तीन महिनादेखि पूर्ण रुपले रोकिएको बताउँदै खण्डेवालले औषधि आयात हुन नसक्दा अहिले शल्यक्रिया र मुटुरोगसम्बन्धी औषधिको चरम अभाव मुलुकमा देखिन थालेको छ भन्नुभयो ।
भारतबाट आयात हुने औषधिमध्ये रु १२ अर्ब मूल्य बराबरका औषधिजन्य शल्यक्रियासम्बन्धी सामान मात्र नेपाल भित्रिने गरेका छन् । स्वदेशी उत्पादनले कुल मागको ४० प्रतिशत मात्र औषधि उत्पादन गर्न सकेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।