सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर परकम्पन

काठमाडौँ, ३ मङ्सिर । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ५.३ रिक्टर स्केलको परकम्पनको झड्का महसुस भएको छ ।

आज बिहान १० बजे गएको परकम्पन गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । परकम्पनको झड्कापछि केहीबेर घर–कार्यालयभित्रका मानिस बाहिर निस्किएका थिए ।

गत वैशाख १२ गते गएको ७.६ रिक्टर स्केलको ‘गोरखा भूकम्प’ पछि परकम्प आउने क्रम जारी छ । यस्ता परकम्पन वर्षभरि नै आउन सक्ने केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।