न्याय : प्रार्थना खनाल (लघुकथा)

न्याय : प्रार्थना खनाल (लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६ ।

ऊ एक्कासी चिच्यायो, “कानून मिचियो ।”
ऊ र हीरा टी भी अघिल्तिर बसेर समाचार र चिया पान गर्दै थिए । उसको आवाजले हीरा तर्सियो ।
दबेको स्वरले सोध्यो, “के भयो ?”
ऊ जङ्गियो, “नहुनु पर्ने काम भयो । कानूनमाथि टेकियो । प्रटोकल मिचियो ।धैर्यता गुमाइयो । नबोली जितियो । एकमना सरकार भैकन चोरबाटो अपनाइयो ।अध्यादेशबाट राज्य सञ्चालन गरियो । निरङ्कुशताको सङ्केत झल्कियो । गÞरीब, र असहायलाई बिल्लीबाठ परियो । लोकतन्त्रको उपहास गरियो । हाम्रो मत खेर गयो । जति जोगी आए कानै चिरिएका भनेको यही हो ।”
हीराले उसको कुरामा असहमती जनाउँदै भन्यो, “यार ! के भनेको तैंले ? पुरानै शैलीमा चल्ने हो भने त परिवर्तन खोई ? भोका, नाङ्गा, वेरोजगार, किसान, सहकारी पीडÞित सबैलाई हेर्नू परेन ? भाषणले समाधान दिन्छ र ?”
उसलाई साथीको कुरा मन नपरेर प्रतिप्रश्न गर्यो, “देश यत्रो संकटमा छ । नेतृत्वको पहिरन र प्रणाली यस्तै हुन्छ ?”
हीराले सम्झाउँदै भन्यो, “हेर भाइ, काम गर्न गाह्रो छ । काम गर्दा सिस्टम मिचियो, नगरे अयोग्य भयो भन्ने आरोप लाग्छ ।”
उसले शिथिल स्वरमा भन्यो, “बॉझो खेत, रित्तो गाउँ, कफनमा फर्कने युवा, उपलब्धीविहीन शिक्षा, अनुशासनविहीन राज्यजस्ता समस्याका समाघानका लागि सरकारले के गर्ने हो ?”
उत्साहित हुँदै हीरा बोल्यो, “अब बोलेर होइन, गरेर देखाउने बेला हो ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।