बाबु र नानी : सुभाञ्जन भण्डारी

बाबु र नानी : सुभाञ्जन भण्डारी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६ ।

हामी धेरै साना छौं
भन्छन बाबु र नानी
मौका पाए काम गर्छौं
है त जानी नजानी
मौका पाऔं आमा बा
अनि शिक्षक समाज
बाल विकास गर्नलाई
उठाउँछौं आवाज
स्कुलमा आउँछौं
लेखपढ गर्नलाई
अनि पढीलेखी बस्छौं
हामी रमाई रमाई
त्यसैले लौ हामीलाई
लेखपढ गर्न दिनुहोस
“यस पछि त हामी अघि
बढन झिक्छौं बाल जोस ।”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।