बुढानिलकण्ठका विध्यालयहरुलाई राहत,शैक्षिक क्यालेन्डर अनुसार संचालन गर्न नगर प्रमुखको निर्देशन

बुढानिलकण्ठका विध्यालयहरुलाई राहत,शैक्षिक क्यालेन्डर अनुसार संचालन गर्न नगर प्रमुखको निर्देशन

कपन अनलाइन

काठमाडौं , बैशाख ७ ।

बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई लक्षित गर्दै विद्यालय सञ्चालन सम्बन्धी महत्वपूर्ण निर्देशन जारी गरेको छ।
नगर प्रमुख मिठाराम अधिकारीबाट जारी गरिएको सूचना अनुसार नगर शिक्षा समितिको मिति २०८३/०१/०४ को निर्णय बमोजिम आगामी शैक्षिक सत्र २०८३ का लागि तयार गरिएको शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालन गर्न अनुरोध गरिएको हो।
नगरपालिकाले सबै विद्यालयहरूलाई उक्त क्यालेन्डरको पूर्ण पालना गर्दै विद्यार्थी भर्ना, पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको जनाएको छ।

तपाइँको प्रतिक्रिया ।