चार मुक्तक : प्रतिमा केसी ‘प्रवासी’
कपन अनलाइन
काठमाण्डौ ,फागुन ९।
आशीर्वाद दिने हातहरू सकिंदै गएपछि
आफ्नै उमेरमा अंकहरू थपिंदै गएपछि
लाग्दोरैछ धर्ती छोड्ने पालो अव मेरै हो,
प्रियजनहरूका मृत्युले गलिंदै गएपछि ।
मनुष्य चोला बनाइदिने ईश्वर दाहिने बसुन सधैँ
कुल,पितृ र देवी देवताहरूले संरक्षण गरुन सधैँ
जन्मदिनको हार्दिक मंगलमय शुभकामना दिन्छु
मातापिताको हात र आशीर्वाद शिरमा रहुन सधैँ ।
योबेला खोलो र पहिरो खसेपछि सुनसान छ गाउँ
सुख खोज्न मान्छे शहर पसेपछि सुनसान छ गाउँ
देश बनाउने जल्लाद पनि वस्तीतिर गए रे भन्छन्,
प्रदेशिएका प्रवासी उतै बसेपछि सुनसान छ गाउँ ।
चिन्न सकेमा अनमोल रत्नको भकारी रहेछ भगवान
नचिने जिन्दगी भुलाउने फगद कहानी रहेछ भगवान
सुनको गजुरवाला मन्दिरमा बस्छ मूर्तिमा उभिइरहन्छ,
सुख, दुःखको ठेकेदार पक्का दलाली रहेछ भगवान ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
