मुक्तक : परिश्रमी राजन एकलब्य
कपन अनलाइन
काठमाण्डौ ,बैशाख ६।
बोकेर जटामा गंगा बनाइ चङ्ग प्रकृती
उजाड भबमा गंगा बगाइ उमङ्ग प्रकृती
न पिता न माता ममता नभमा भबको,
आँशुरी प्रवृतिमा लगाम रचाइ रङ्ग प्रकृती ।
आयो पर्व शिबरात्री खोकेर लय पद्धती
शर्व ज्ञानको ज्योति बोकेर लय पद्धती
सदा शिब ज्ञानको ज्योति नाट्यस्वर,
अन्धतामा गर्व प्रकासको ठोकेर लय पद्धती ।
नभमा नारी हौ कुरुप पालक भबको
सृष्टिमा श्री हौ तुरूप चालक भबको
चन्द्र नाग बागम्बर बज्ने गहना डम्बरु,
त्रिशुल त्रृनेत्र ज्वाला स्वरूप सालक भबको ।
पुरुष देखि परपुरुष महादेब गर्व नारेस्वर
तृदलम पुष्पम देवका देव गर्ब तारकेश्वर
धनधान्य सर्वमान्य प्रकृती पुरुष पशुपती
प्राकृतिक मृत्यु पर स्वदेव गर्व धनेस्वर ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
