चोरी भएका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री गर्ने बुढानिलकण्ठका तिन जना पक्राउ

चोरी भएका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री गर्ने बुढानिलकण्ठका तिन जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी भएका मोटरसाइकलका पार्टपुर्जा निकालेर बिक्री तथा अन्य मोटरसाइकलमा जडान गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मिति २०८२ फागुन ६ गते राति करिब १०:०० बजे काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित पार्किङ गरी राखिएको बा.प्र. ०२–०१६ प ६८४२ नम्बरको मोटरसाइकल चोरी गरी त्यसका पार्टपुर्जा निकालेर बिक्री वितरण तथा अन्य मोटरसाइकलमा जडान गरिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बुढानिलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरू:

१.काभ्रेपलाञ्चोक घर भई हाल बुढानिलकण्ठ–७ हात्तिगौंडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा

२.शितगंगा गाउँपालिका–२ घर भई हाल बुढानिलकण्ठ–६ हात्तिगौंडा बस्ने २८ वर्षीय नर बहादुर चित्रे

३.बुढानिलकण्ठ–७ हात्तिगौंडा बस्ने २८ वर्षीय करण खड्की

बरामद सामान:

  • दुई थान टायर

  • इन्जिनका विभिन्न भाग

  • ग्राइन्डर

  • च्यासिस नम्बर काटिएको टुक्राहरू

  • साइलेंसर, ट्यांकी, सट्को लगायतका मोटरसाइकलका पार्टपुर्जा

  • चोरी गरिएको मोटरसाइकलका पार्टपुर्जा जडान गरिएका ३ वटा मोटरसाइकल

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाइँको प्रतिक्रिया ।